जिन्नाडा सामुदायिक स्वास्थ्य इकाईको भवन उद्घाटन

गाउँमा सहजै रूपमा सेवा पाइने भएपछि स्थानीय खुसी

बझाङ : जिल्लाको मस्टा गाउँपालिका- १ मा जिन्नाडा सामुदायिक स्वास्थ्य इकाईको भवन उद्घाटन गरिएको छ । आज मस्टा गाउँपालिका–१ का वडा अध्यक्ष रामचन्द्र रोकायाको अध्यक्षतामा उक्त स्वास्थ्य भवनको उद्घाटन गरिएको हो ।

गाउँपालिकाको आर्थिक वर्ष २०७९/८० को वार्षिक बजेट अन्तर्गत ५ लाख रुपैयाँ लागतमा उपभोक्ता समितिले निर्माण गरिएको स्वास्थ्य भवनको आज आइतबार उद्घाटन गरिएको अध्यक्ष रोकायाले बताए । उक्त भवन उपभोक्ता समितिले फागुन महिनामै स्टमेट अनुसार निर्माण कार्य सम्पन्न गरेको हो । गाउँमा स्वास्थ्य भवन निर्माण भई सहजै रूपमा सेवा पाइने भएपछि स्थानीय खुसी भएका छन् । यस भन्दा अगाडी जिन्डा सामुदायिक स्वास्थ्य इकाई ले एक घरको सानो कोठामा भाडा तिर्दै सेवा दिई रहेको थियो ।

भवन उद्घाटन कार्यक्रममा प्रमुख अतिथि गाउँपालिका अध्यक्ष ज्ञान बहादुर बोहरा रहेका थिए, यस्तै अतिथि वडा सदस्य कलक थापा लगायत स्थानीयको उपस्थिति रहेको थियो । स्वास्थ्य इकाई भवनको लागी जग्गा उपलब्ध गराउने स्थानीय मधु थापालाई कार्यक्रममा सम्मान सहित धन्यवाद व्यक्त समेत व्यक्त गरिएको छ । आफू निर्वाचित भइसकेपछि वडा अध्यक्ष रोकायाले नागरिकको स्वास्थ्यमा विशेष जोड दिएका छन् । वडामा विभिन्न स्वास्थ्य सम्बन्धी शिविर पनि सञ्चालन गर्दै आएका छन् ।

Loading...