बझाङमा हजारका नक्कली नोटसहित दुई जना पक्राउ

बझाङ : नक्कली नोट प्रकरणमा बझाङ प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार जयपृथ्वी नगरपालिका–१० चैनपुरका धिरेन्द्र बहादुर शाहीको घरमा खानतलासी गर्ने क्रममा उनको कोठाको सिरानीबाट नक्कली जस्तो देखिने एक हजारका १९ थान नोट फेला परेका छन् ।

यस घटनामा अनुसन्धान अघि बढाउँदै जाँदा जयपृथ्वी बहुमुखी क्याम्पसका स्ववियु सभापति तिलकचन्द्र बोहरा र जयपृथ्वी नगरपालिका–४ गोलाइका २४ वर्षीय लोकेन्द्र खातीलाई समेत पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

शाहीलाइ अनुसन्धान पछि हाजिर जमानीमा छोडिएको र सभापति बोहरा र खातीमाथी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

Loading...