बझाङमा १६औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सुरु

बझाङ : बझाङमा १६औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता आजदेखि सुरु भएको छ । जिल्ला खेलकुद समितिको आयोजना तथा बुंगल नगरपालिकाको सहकार्यमा प्रतियोगिता बुंगल नगरपालिकाको बिजगडामा सञ्चालन भइरहेको हो ।
प्रतियोगितामा जिल्लाभरका विभिन्न स्थानीय तहअन्तर्गतका विद्यालयहरूको सहभागिता रहेको छ । तर, साइपाल गाउँपालिकाबाट भने कुनै विद्यालय सहभागी नभएको आयोजकले जनाएको छ । साइपाल क्षेत्र दुर्गम हुनुका साथै अहिले विद्यार्थीहरू लेकतिर यार्सागुम्बा संकलनका लागि जाने समय भएकाले सहभागिता हुन नसकेको बताइएको छ ।

प्रतियोगितामा विभिन्न एथलेटिक्स खेलहरू सञ्चालन हुने जिल्ला खेलकुद समितिका अध्यक्ष कमल सिंहले जानकारी दिए । उनका अनुसार प्रतियोगिता तीन दिनसम्म सञ्चालन हुनेछ । राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताले विद्यालय तहमा खेलकुदको विकास, खेलाडी उत्पादन तथा विद्यार्थीमा अनुशासन र प्रतिस्पर्धात्मक भावना विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने आशा गरिएको छ ।

Loading...