बझाङ : गत भदौ २३ गते परिवर्तनको परिभाषाको परिचय बोकी युवाहरुको मुकुण्डो ओडेर क्रान्तिको नाममा ऐतिहासिक जेन- जि आन्दोलन भयो । आन्दोलनले देशव्यापी रूपमा देशभरिका देशको अस्थिर राजनीति, भष्ट्रचारले भरिएको देशको प्रशासनिक प्रणाली, बेरोजगारीले व्यापक युवाहरुको वैदेशिक पलायन र सत्ताधारीहरुको तानाशाही प्रवृत्ति बाट असन्तुष्ट युवाहरुलाई एकिकृत गर्यो । एकिकृत युवाहरुले परिवर्तनको नारामा असन्तुष्टि को बिगुल फुके।
बिगुलको बतासले विकराल रूप लिदै विध्वंसको बाटो बाट बिनासको बर्तमान देखायो। देश पलभरमै खरानी भयो। सिंहदरबार जल्यो, सर्वोच्च अदालत जल्यो, संसद भवन जल्यो प्रहरी प्रशासन जल्यो,के के जल्यो जल्यो। तर त्यो भन्दा पनि माथि देशको स्वाभिमान जल्यो,नागरिक सर्वोच्चता जल्यो। सार्वभौम सत्ता जल्यो ,सान्ती जल्यो, सुरक्षा जल्यो, सम्बिंधान जल्यो। जल्न सक्ने जति सब्बै जल्यो। देशमा जल्न बाकी केही पनि रहेन।
देश दनदनी आगोमा जलिरहँदा देशकाे बागडोर सम्हाल्न लागि परेका शक्तिहरु मध्ये को कतिले देशको अभिभावकको भुमिका निर्वाह गरे र को कति बाट आगोमा घिउ थप्ने प्रयास भयो, त्यो समय कालखण्ड र इतिहासका पानामाहरुमा छरपष्ट लेखिएला। को कतिले आगोको के कतिको फाइदा उठाए, र को कतिले के कति को त्याग गरे त्यो बेला बखतहरमा विमर्श होला।तर त्यो भन्दा पनि अलि वरै रहेर उक्त एतिहासिक जेन-जी आन्दोलनको प्रतक्ष्य साक्षी र हिस्सेदार भएको नाताले सुदुरपश्चिमले सुदुरको कुनाबाट सोच्नु पर्ने कुरा हरु:
देशमा जेन-जी समुहको नाम बोकेर यत्रो एतिहासिक आन्दोलन भयो, आन्दोलनमा सुदुरपश्चिमका जेन-जी समुहहरुको सक्रियताको वाहुल्यता रह्यो । काठमाडौं सुदुरपश्चिमका जेन-जी हरुले भरियो। उक्त आन्दोलनमा घाइते हुने र सहादत प्राप्त गर्नेमा पनि अधिकांश सुदुरपश्चिम बाटै रहे । सुदुरपश्चिमको रगतले राजधानी रङ्गियो। रगतमा लिप्त राजधानीले रगतकै बल बाट नयाँ सरकार पायो, नयाँ सरकारले नयाँ मन्त्री मण्डल विस्तार गर्यो, नयाँ मन्त्री मण्डलमा सुदुरपश्चिमकाे स्वामित्व सुन्य देखियो।
देशको विषम परिस्थितिमा परिस्थिति र परिवेशलाई थप सम्बेदनशील नबनाउन हेतु बनेको अन्तरिम सरकार र मन्त्री मण्डल हो, सुदुरपश्चिमको प्रतिनिधित्वलाई समावेश नगरे पनि सुदुरपश्चिमको उपस्थितिलाई त समावेश गर्ला भनि चित्त बुझाइयो,त्यो पनि भएन, उल्टो नि-वर्तमान सरकारले विनियोजन गरेको विविध बिषयका बजेटका योजनाहरुलाई पनि रद्द गरेर अन्तै लग्ने जस्तो क्रियाकलापहरू गरियो।
ल ठिकै छ, अहिलेलाई देशको विषम परिस्थितिमा, उक्त योजनाहरुको आवश्यकता अन्त र अन्य कसैलाई होला , अथवा देशको यत्रो परिवर्तनमा रगत बगाएको छौं, नयाँ आउनेहरुले त पक्कै पनि हाम्रो प्रतिनिधित्व र उपस्थितिलाई स्विकार्लान भनेर चित्त बुझाइयो र आशाको दियो लाई बाली राखियो।
बिस्तारै समय बित्दै गयो, समय सँगै देशमा चुनावको माहोल बढ्दै गयो। बिभिन्न बिचार र बाद काे सहकार्य र मेलमिलाप सँगै देश बनाउने हुटहुटीले निर्वाचन आयोगमा अनगिन्ती पार्टी र सङ्गठनहरुले आधिकारिक रूपमा आफ्नो दल दर्ता गरे। ति अनगिन्ती पार्टी र राजनीतिक दलहरुले देशका बिभिन्न क्षेत्रका आफ्ना अनगिन्ती उम्मेद्वारको सामानुपातिक सुची निर्वाचन आयोगलाई बुझाए।
ति सुचीहरुमा, सुदुरपश्चिमका उम्मेद्वारहरुलाई खाेज्दै जाँदा जम्माजम्मी २ अङ्क प्रणालीमा पनि नअटाउने सङ्ख्यामा सुदुरपश्चिमको प्रतिनिधित्वको देखियो। के यै परिवर्तन र दृष्टिकोणको लागि हो , सुदुरपश्चिमले राजधानी मा रगतको बली चढाएको?
परिवर्तन स्वभाविक र स्वतन्त्र हुन्छ, कसैले चाहँदैमा आउने र नचाहँदैमा नआउने भन्ने हुदैन। समय, पल र क्षण सँगै परिवर्तन पनि गतिशील भएर निरन्तर बगिरहेको हुन्छ। परिवर्तनलाई न रोक्न सकिन्छ न धकेल्ने सकिन्छ, केवल देख्न सकिन्छ, महसुस गर्न सकिन्छ। त्यस्तै, चाहेर आएको परिवर्तन भन्ने कि नचाहेर आएको परिवर्तन भन्ने, ल्याएर आएको परिवर्तन भन्ने कि नल्याएर आएको परिवर्तन भन्ने, राम्रो परिवर्तन भन्ने कि नराम्रो परिवर्तन भन्ने जेन-जी आन्दोलनले देशमा ठुलै परिवर्तन ल्यायो। कुना देखि काप्चा सम्म, वेशी देखि टापु सम्म, गाउँ देखि सहर सम्म राजधानी देखि कर्णाली सम्म देशैभरी परिवर्तनको लहर छायो। राम्रो भएनि नराम्रो भएनि आर्थिक परिवर्तन भयो, राजनीतिक परिवर्तन भयो, कुटनीतिक परिवर्तन भयो, सामाजिक परिवर्तन भयो। हुनसक्ने र नसक्ने सबै परिवर्तन भए।
यसै क्रममा परिवर्तन, परिवर्तन, परिवर्तन भनिरहँदा, सुनिरहँदा वा देखिरहँदा राष्ट्रिय अथवा केन्द्रीय राजनीतिबाट सुदुरपश्चिमलाई बिस्थापित गर्ने गरिएको परिवर्तनको परावर्तित परावर्तन लाई झन् प्रष्टताका साथ महसुस र मनन गरियो।
जेन-जी आन्दोलनको उदय अगावै नेकपा एमालेले केन्द्रीय उपाध्यक्ष जस्तो नेतृत्वको जिम्मेवारी लिएकाे सुदुरपश्चिमलाई केन्द्र सँग जोड्न सक्ने सम्भावना भएका भिम रावल लाई विस्थापित गर्यो। जेन-जी आन्दोलनको विलय पछि नेपाली कांग्रेसले गृहमन्त्री जस्तो जिम्मेवार भुमिका निर्वाह गरि सुदुरपश्चिमलाई सत्ता र सरकार सँग सम्मिलित गराइसकेका अनुभवि रमेश लेखक लाई विस्थापित गर्यो। मुलतः प्रजातान्त्रिक आन्दोलनको नेतृत्व गरि ,६ पटक सम्म सरकारमा सुदुरपश्चिमको नेतृत्व गराइ, २ पटक सम्म पार्टी सभापति जस्तो सुदुरपश्चिमको लागि सम्भवतः अत्यन्तै दुर्लभ पदसँग सुदुरपश्चिमलाई जोडि, सुदुरपश्चिम र देशको लागि एक विशाल र गौरवशाली इतिहास बनाएका अनुभवि नेता तथा नेतृत्व सेर बहादुर देउवालाई विस्थापित गर्यो। अरु झिना मसिना विस्थापित त कति भए भए। के यहि परिवर्तनको र विस्थापनको लागि हो, सुदुरपश्चिमले राजधानीमा रगतको बली चढाएको?
सुदुरपश्चिमले सुदुरबाट सोच्नु पर्ने कुरा हरु सोच्दै जाँदा, धेरै सोचिएलान्, खोज्दै जाँदा धेरै भेटिएलान्, तर अबको ५० बर्ष यता प्रधानमन्त्री वा मन्त्री, नेतृत्व वा जिम्मेवारी, सरकार वा सत्ता नत सोचेर सोचिन्छ नत खोजेर भेटिन्छ। र नेपाली कांग्रेसकाे समर्थक होइन सुदुरपश्चिमको रगत भएको नाताले छातीमा हात राखेर शेरबहादुर देउवाले सुदुरपश्चिमको लागि गरेको योगदान लाई सलाम गर्दछु ।
जय नेपाल
(लेखक आकाश गिरि नेविसंघ बझाङका सदस्य हुन् ।)