बझाङवासीको रोजाइमा जयपृथ्वी अस्पताल 

बझाङःसदरमुकाम चैनपुरमा गत वर्षबाट सञ्चालनमा आएको जयपृथ्वी अस्पताल लोकप्रिय बन्दै गएको छ । अत्याधुनिक प्रविधि, दक्ष चिकित्सक, व्यवस्थित र सुविधा सम्पन्न भौतिक पूर्वाधारका कारण अस्पताल अहिले जिल्लावासीको उपचार गर्ने रोजाइको अस्पताल बनिरहेको छ । साथै, गरिब, असहाय तथा विद्यार्थीलाई उपचारमा २० प्रतिशत छुट गरेका कारण पनि अस्पताल जनताको रोजाइमा छ ।
अप्रेसन कक्ष
‘वि’र ह्यर फर ह्युमनिटी’ भन्ने मूल नाराका साथ अस्पताल २०७९ कार्त्तिक १ गतेबाट सञ्चालनमा आएको हो । बझाङवासीको स्वास्थ्य स्थितिलाई मध्यनजर गर्दै मानवतावादी राज जयपृथ्वी बहादुर सिंहका नामबाट नामकरण गरिएकोले अस्पतालको मूल उद्देश्य ‘मानवता रहेको प्रबन्ध निर्देशक अशोक मल्ल बताउँछन् ।
डिजिटल भिडियो एक्सरे
छिटो छरितो र सुलभ मूल्यमा गुणस्तरीय स्वास्थ्य सेवा दिन अस्पताल तत्पर रहेको मल्लको तर्क छ । १५ सैयासहित सञ्चालनमा आएको अस्पतालमा हाल एमबिबिएस डक्टरबाट बिरामी चेकजाँच तथा विशेषज्ञ चिकित्सकबाट उपचार भइरहेको छ । ओपिडी, आइपडी सेवा, रङ्गीन भिडियो एकसरे, ईसिजी सेवा, अत्याधुनिक प्रयोगशाला (ल्याब) जनरल अप्रेसन, होलबडी चेकअप, इनडोर सेवा, परिवार नियोजन तथा स्वास्थ्य परामर्श सेवा दिइरहेको अस्पतालले जनाएको छ ।
अस्पताल फार्मेसी
‘अहिले दैनिक रूपमा पेट छाती, मुटु, नसा रोग, हार्डजोर्नी, बाथ रोग, ज्वरो सम्बन्धी २५ देखी ३५ जना सम्म बिरामीले उपचार तथा परामर्श सेवा लिइरहेका छन्,’ मल्लले भने, ‘प्रत्येक महिना पेट छाती, मुटु, छाला, हार्डजोर्नि तथा महिला रोग विशेषज्ञ चिकित्सकबाट क्लिनिकल भिजिट समेत राख्ने गरेको छौँ ।’
बेड रूम

 

Loading...