महेन्द्र नारायण निधी अस्पतालको नेतृत्वमा डा.किरण जंग कुँवर – नेपालकै पहिलो रिफरल सेन्टर बन्ने विश्वास
काठमाण्डौंको वसुन्धरामा रहेको सामुदायिक अस्पताल महेन्द्र नारायण निधी अस्पतालले नयाँ ढंग बाट सेवा प्रवाह गर्ने भएको छ ।
वरिष्ठ मुत्ररोग तथा मिर्गौला प्रत्यारोपण विशेषज्ञ डा किरण जंग कुँवर नेतृत्वमा अस्पतालले सर्वसुलभ तथा गुणस्तरीय सेवा प्रदान गर्ने लक्ष्य लिएको छ । डा. कुँवरले आजै बाट कार्यकारी निर्देशकको जिम्मेवारी सम्हालेका छन् ।
यस अस्पताललाई नेपालकै पहिलो मिर्गौलाको रेफरल सेन्टर बनाई हप्ताको ६ दिन नै बिहान र बेलुका गरी ओपिडी सेवा सञ्चालन गरिने उनले बताए।
लामो समय देखि डा. किरणले शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा वरिष्ठ मुत्ररोग तथा मिर्गौला प्रत्यारोपण विशेषज्ञका रुपमा काम गरिसकेका छन्।
मिर्गौला जचाऊँ मिर्गौला बचाऊँ भन्ने अभियानका साथ मिर्गौला सम्बन्धी सेवा २४ सै घण्टा सेवा उपलब्ध दिन लागि परेको हामीलाई जानकारी दिनु भयो ।