बझाङको छविसपाथिभेरा गाउँपालिकाले आफ्नै एम्बुलेन्स खरिद गरेको छ । गाउँपालिकाले आफ्ना नागरिकहरूको स्वास्थ्य सेवालाई सहज गर्न एम्बुलेन्स खरिद गरेको हो । छबिसपाथीभेरा गाउँपालिकाका बिरामीहरूले अब एम्बुलेन्स सेवा पाउने भएका छन् ।
गाउँपालिका भित्रका सुत्केरी महिलाहरूका लागि एम्बुलेन्स शुल्क निःशुल्क गरिएको अध्यक्ष वसन्त चलाउनेले बताए । उनले भने, ‘सुत्केरी महिलाहरूका लागि एम्बुलेन्समा कुनै शुल्क लिइने छैन । हामीले गाउँपालिकाको नीति तथा कार्यक्रममा उक्त निर्णय गरेका छौँ ।’
नेपाल सरकारको ५० प्रतिशत अनुदान र गाउँपालिकाकाको २० लाखको लागतमा एम्बुलेन्स खरिद गरिएको छ । बिरामीलाई जिल्ला अस्पताल पुर्याउन र त्यहाँ उपचार हुन नसके अन्यत्र पठाउन अब सहज हुने बारे नागरिक आश्वस्त छन् ।