कृषिमा आत्मनिर्भर बनाउनका लागि नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रसँग आबद्ध विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारीले चितवनको चैनपुरस्थित जनजीवन माविमा विद्यार्थीलाई फूल खेती तालिम दिएको छ ।
विद्यार्थीहरूलाई कृषि सीप सिकाएर आर्थिक स्वतन्त्रतालाई सशक्त बनाउने लक्ष्य विद्यार्थी सङ्गठनको रहेको छ । प्रविधिमैत्री गुणस्तरीय शिक्षालाई अङ्गाल्दै यस क्षेत्रमा फूलको उत्पादनलाई वृद्धि गर्ने विद्यार्थी नेताहरू बताउँछन् ।
चितवनको रामपुर कृषि क्याम्पसका अखिल क्रान्तिकारी अध्यक्ष तथा स्ववियु उपसभापति चेतराज जोशीले कृषि अध्ययनसँग जोडिएको समृद्धिको सपनालाई यथार्थमा परिणत गर्ने प्रयास गरिएको बताए । उनले कृषिमा लागेका विद्यार्थीलाई कृषि उत्पादन बढाउन र आयात घटाएर राष्ट्रलाई आत्मनिर्भर बनाउन लगानी गर्नुपर्नेमा जोड दिए ।