छबिस पाथिभेरामा तिजको तहल्का (तस्बिरहरु)

छबिस पाथिभेरा गाउँपालिका–१ का महिलाहरूले तिज विशेष २०८० कार्यक्रम भव्यताका साथ मनाएका छन् । हरितालिका तिजलाई उत्साहपूर्ण ढङ्गले शनिवार विविध कार्यक्रम गरी मनाएका हुन् ।
विवाहित महिलाहरूले आफ्नो सौभाग्य, परिवारको सु–स्वास्थ्य अनि दीर्घायुका लागी र अविवाहित नारीहरूले आफूले भने जस्तै, सोचेजस्तो वर पाइयोस् भनेर व्रत बस्ने प्रचलन र धार्मिक विश्वास रहेको हिन्दु नारीहरूको विशेष चाँडमा महिलाहरूले एकअर्काप्रती शुभकामना समेत साटासाट गरेका छन् ।
प्रत्येक वर्ष हरितालिका तिज कार्यक्रमलाई महाभिलाषी राख्ने महिलाले पछिल्लो समय बढ्दो क्रममा रहेको विकृति, छाउपडी प्रथा, महिला हिंसा न्यूनीकरण, सामाजिक भेदभाव, कुरीति कुसंस्कारका विरुद्ध विभिन्न सन्देशमूलक गीत सहित नृत्य प्रदर्शन गरेका थिए ।
छबिस पाथिभेरा गाउँपालिका –१ नम्बर वडा कार्यालयले महिलालाई प्रोत्साहित गर्दै आर्थिक सहयोग गरिएको तिज कार्यक्रममा वडाका परिङ्गाल, सुँगाला, गुरेल्थुम, काप्रीगाउँ, जिवली, भाँडे, गिठिपाटा, मटेला लगायतका टोल र थलारा गाउँपालिका –९ मालुमेलाबाट  महिलाहरूको बाक्लो उपस्थिति रहेको थियो ।
कार्यक्रममा आफ्नो शुभकामना सहित मन्तव्य राख्दै वडा अध्यक्ष तथा कार्यक्रमका विशिष्ट अतिथि करनजंग बहादुर सिंहले आफूसँग पर्याप्त बजेट र स्रोत साधन नहुँदा नारीको इच्छा आकाङ्क्षालाई पुर्णरुपमा पुरा गर्न नसकिएको बताए । अध्यक्ष सिंहले भने, ‘महिलाहरूलाई प्रोत्साहन हुने तरीकाले यो वर्ष सामान्य सहयोग मात्रै गर्याैँ, तपाईँको ठुलो अग्रसरता, आशा अपेक्षालाई अझै पुरा गर्न सकिएन । हामीसँग समिति मात्रै स्रोत भयो, नाराज नहुनुहोला । हरितालिका तिजको सुखद अवसरमा सम्पूर्ण हिन्दु महिलाहरूलाई शुभकामना व्यक्त गर्दछु ।’ आगामी वर्ष पनि निराहार नारीहरूको महान् पर्व तिज कार्यक्रमलाई अग्रसारीत बनाउनका निम्ति आफू लागी पर्ने र सक्दो सहयोग गर्ने अध्यक्ष सिंहले बताएका छन् ।

 

महिलाहरूलाई गाउँपालिका अध्यक्ष चलाउनेको शुभकामना :
“एक महिला आफ्नो श्रीमान् अर्थात् पुरुषहरूका निम्ति केहिपनि नखाएर जुन व्रत बस्नुहुन्छ । यो हरितालिका तिजले एउटा सन्देश दिन्छ । महिलाहरूले त्याग तपस्या गरिरहँदा पनि कतिपयको घरमा त्यो त्याग तपस्यालाई नबुझ्ने हामी जस्ता पुरुषहरू पनि छन् । यो कार्यक्रम हुँदै गर्दा कति दिदीबहिनी माइतीघर आइसक्नु भएको छ होला । कतिपय माइती जाने तयारीमा हुनुहुन्छ होला । र कतिपय महिला दिदिबिहनी यो हरितालिका तिजको समयमा घरायसी समस्याका कारण, आफ्नो श्रीमान् गुमाएका कारण निर्यासजनक पनि छन् होला । कोही रमाइलोमा हुन्छन् भने, कोही निर्यासजनक हुन्छन् । महिला दिदीबहिनीले हिजो परम्पराकालमा त्याग तपस्या गरेर फल प्राप्त गरिसकेपछि मनोरञ्जनात्मक गर्ने उद्देश्यले यो हरितालिका तिज मनाइन्छ । त्यसै गरी यो वडाले पनि विगतका वर्ष देखिनै धुमभामका साथ हरितालिका तिज कार्यक्रम मनाउने गरेको छ । यो वर्ष कार्यक्रम मनाइरहँदा म पनि उत्साहित भएको छु । कार्यक्रममा तपाई समस्त महिलाले निकै मनोरञ्जन लिनुहुने छ, सभ्य र भव्य ढङ्गले यस वर्षको कार्यक्रम समापन गर्नुहुने छ भन्ने विश्वास लिएको छु । समस्त हिन्दु नेपाली नारीहरूको महान् पर्व हरितालिका तिज–२०८० को पावन अवसरमा विश्वभर छरिएर रहेका सम्पूर्ण नेपाली चेलीहरूको सुस्वास्थ्य, दिर्घायू एवं उत्तरोत्तर प्रगतिको कामना गर्दछौँ ।”
तिज विशेष कार्यक्रम कार्यपालिका सदस्य आशा कठायतको सभाध्यक्षतामा सुरु भएको हो  । गाउँपालिका अध्यक्ष वसन्त बहादुर चलाउने प्रमुख अतिथि रहेका थिए । विशिष्ट अतिथि वडा नम्बर १ का वडाध्यक्ष करनजंग बहादुर सिंह रहेका थिए । यस्तै विभिन्न राजनीति दलका प्रतिनिधि, समाजसेवी, जनप्रिय माविका शिक्षक शिक्षिका, महिला बालबालिका, ज्येष्ठ नागरिक, सुरक्षाकर्मी, सञ्चारकर्मीको पनि अग्रगामी थियो । कार्यक्रममा जनपप्रीय माविका शिक्षिका प्रमीला भण्डारीले कार्यक्रममा शुभकामना मन्तव्य राख्दै हरितालिका तिजको बारेमा जानकारी गराएकी थिइन् ।
Loading...