सामाजिक सञ्जालमा अराजक दीपेन्द्र भण्डारी, जापान बसेर नेपालमा आतङ्क

मुलुकी अपराध संहिताले गाली बेइज्जती गर्नुलाई अपराध हो भनेको छ । मुलुकी अपराध संहिता २०७४ को दफा दफा ३०५ र ३०६ मा गाली बेइज्जती सम्बन्धी कसुरको बारेमा स्पष्ट कानुनी व्यवस्था गरिएको छ । अपराध संहिताको दफा ३०५ ले भन्छ, ‘कसैले कसैलाई गाली गर्न हुँदैन । कसैले कसैलाई होच्याउने नियतले बोली वा वचनले अपमानजनक शब्द प्रयोग गरेमा निजले गाली गरेको मानिनेछ ।’ यसैको उपदफामा भनिएको छ, ‘सो कसुर गर्ने वा गराउने व्यक्तिलाई एक वर्षसम्म कैद वा दश हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ ।’

मुलुकी अपराध संहिताकै दफा ३०६ बेइज्जती गर्न नहुने उल्लेख छ । जसमा भनिएको छ, ‘कसैले कसैको बेइज्जती गर्न हुँदैन । कसैले देहाय बमोजिमको काम गरेमा निजले बेइज्जती गरेको मानिनेछ, ‘अरूको इज्जतमा धक्का पुर्‍याउने नियतले वा धक्का पुग्न सक्छ भन्ने जानीजानी वा विश्वास गर्ने मनासिब कारण भई लेखेर, आचरण वा आकार वा चिह्न वा प्रचार प्रसारद्वारा वा अरू कुनै किसिमबाट प्रत्यक्ष वा अप्रत्यक्ष रूपले त्यस्तो व्यक्तिलाई अरूको दृष्टिमा निजको व्यक्तिगत चरित्र, आचरण, नैतिकता वा ख्यातिलाई होच्याउने गरी चरित्र हत्या गरेमा वा निजको शरीर सामान्यतः घृणित अवस्थामा छ भन्ने अरूलाई विश्वास पर्ने गरी दोष लगाएमा वा त्यस्तो दोष लगाएको कुरा प्रचार, प्रसार वा प्रकाशन गरेमा वा कसैको बेइज्जती हुने साधनको रूपमा प्रयोग गरिएको कुनै चिज जानीजानी बिक्री वा वितरण गरेमा ।’

मुलुकको विद्यमान कानुनलाई चुनौती दिँदै आम नागरिकको इज्जत, मान प्रतिष्ठाको चीरहरण गर्न उद्धत छन् बझाङको केदारस्यूँ गाउँपालिकाका दीपेन्द्र भण्डारी । केही वर्षअघि जापान भासिएका भण्डारी अहिले सामाजिक सञ्जालमार्फत सिलसिलेवार ढङ्गले व्यक्तिको मान मर्दन गरिरहेका छन् । कुनै व्यक्तिको तस्बिर राखेर तुच्छ गाली गर्नु, बेइज्जत गर्नु भण्डारीको दैनिकी बनेको छ । कुनै सार्वजनिक ओहोदामा बसेका व्यक्तिलाई सामाजिक सञ्जालमा अपाच्य गाली बेइज्जती गर्न भण्डारी कत्ति पनि सङ्कोच मान्दैनन् । न उनलाई कानुनको प्रवाह छ, न त दोस्रो (पीडित) व्यक्तिलाई पर्ने असरको मतलब छ ।

उनले गाली बेइज्जती गर्न कसैलाई बाकी राखेका छैनन् । प्रधानमन्त्री प्रचण्ड, पूर्व राजा ज्ञानेन्द्र, पूर्व प्रधानमन्त्रीहरू केपी शर्मा ओली, शेरबहादुर देउवा लगायतको सामाजिक सञ्जालबाट यसअघिकै मान मर्दन गरिसकेका छन् । देशकै राजा महाराजा, प्रधानमन्त्री, मन्त्रीहरूको बेइज्जती गर्ने भण्डारीलाई सर्वसाधारणको चरित्रहत्या गर्नु के ठुलो कुरा भयो र?

पूर्वराजालाई गैंडा वेचेर खाएको आरोप लगाउँदै भण्डारीले गरेको फेसबुक पोस्ट    

 

राष्ट्रपति रामचन्द्र पौडेललाई पनि उनले ‘नालायक राष्ट्रपतिको निधन भएको छ भन्दै लेखेका छन् ।

तीन महिनाको अवधिमा सामाजिक सञ्जालमा गाली बेइज्जत गरेका केही प्रतिनिधि घटना हेरौँ:
असोज ११ गते रेडक्रस बझाङका सभापति आरडि उपाध्याय र मन्त्री भक्तराज जोशीलाई ‘लुटेरा र भ्रष्ट’ भन्दै तस्बिर सहित फेसबुकमा पोस्ट गरे । ‘यस्ता नामका मात्रै शिक्षित मतिका भ्रष्ट तत्त्वहरूलाई गुरु हैन के भन्दा ठिक होला?’ पोस्टको अन्तिममा प्रश्न समेत गरेका छन् ।

रेडक्रस बझाङका सभापति र मन्त्रीलाई लुटेरा भएको आरोप लगाउँदै भण्डारी

रेडक्रसले भण्डारीको उक्त अभिव्यक्ति अमानवीय कुव्यवहार भएको भन्दै आपत्ति जनायो । विज्ञप्ति जारी गर्दै भण्डारीलाई कारबाहीको माग समेत गरेको छ ।

दीपेन्द्र भण्डारीलाई कारबाहीको माग गर्दै रेडक्रस बझाङले जारी गरेको विज्ञप्ति

रेडक्रसले जारी गरेको विज्ञप्तिलाई भण्डारीले उल्टै ‘कागजको खोस्टो’को संज्ञा दिए । विज्ञप्तिको तस्बिर राख्दै भण्डारीले उग्र शैलीमा पुनः लेखे, ‘बझाङ रेडक्रस एउटा मानवीय संस्था जस्तो नभई एउटा दलीय झुन्ड अथवा अमुक पार्टीको कार्यालय जस्तो भएको आम जनतालाई थाहै छ । एक हैन हजार विज्ञप्ति निकाले पनि रेडक्रस जस्तो परोपकारी संस्थालाई आफ्नै घरको भकारी सम्झिएर मनोमानी गर्ने चुतियाहरूलाई मेरो खबरदारी हो । यहाँ भित्रका ढाडे बिरालाहरूका जुँगा काटेरै छोडिनेछ, कारबाही हैन आजीवन कारावास कै माग गर्नुहोस् ।’

विज्ञप्तिले केही फरक नपर्नेभन्दै पुनः रेडक्रसका पदाधिकारीमाथि जाइलागेको भण्डारीको फेसबुक पोस्ट

असोज १३ गते केदारस्यूँ गाउँपालिकाको एक स्वास्थ्य केन्द्रमा कार्यरत कर्मचारी सन्दीप वखेडामाथि भण्डारी जाइलागे । कुनै राजनीतिक दलको कार्यक्रममा सहभागी भएको भन्दै सन्दीपलाई भण्डारीले निम्नस्तरिय शब्दमा गाली बेइज्जती गरे । सन्दीपको तस्बिर फेसबुकमा राख्दै कुकुर, नालायक, धोती, गुलामी जस्ता शब्दमा भण्डारीले गाली गलौच गरेका छन् ।

सन्दीप ओखेडालाई फेसबुकमा गाली बेइज्जत गरेको भण्डारीको फेसबुक पोस्ट

भण्डारीको गाली गलौचबाट आफू निकै विक्षिप्त भएको सन्दीपले बताए । शनिवारको दिन भएको हुनाले आफूले आस्था राख्ने दलको कार्यक्रममा सहभागी भएको उनले बताए । तर, भण्डारीले सामाजिक सञ्जालमार्फत गाली बेइज्जती गर्दा आफूलाई निकै मानसिक तनाव भएको उनले सुनाए । ‘राजनीतिक दलप्रति आस्था वान हुन पाउनु मेरो नैसर्गिक अधिकार हो, तर भण्डारीले मेरो मान मर्दन गरे । यसले मलाई निकै विक्षिप्त बनाएको छ,’ उनले भने ।

भण्डारीले असोज २ गते माओवादी केन्द्रका केन्द्रीय सदस्य रामप्रसाद सापकोटा कोरियाको जेलमा रहेको भन्दै भ्रमपूर्ण खबर फैलाए । भण्डारीले लेखेका छन्, ‘गुड । माओवादी नेता रामप्रसाद सापकोटा (दीपशिखा) लाई अवैध लागु औषध ओसारपसार गरेको कसुरमा दक्षिणकोरियको प्रहरीले विगत एक महिना देखि जेलमा राखेको छ ।’

यो सापकोटाको बारेमा भ्रमपूर्ण खबर थियो । सापकोटा कोरीयामा छन् तर उनले लेखेजस्ताे जेलमा छैनन् । 

माओवादी नेता दिपशिखालाई कोरीयाको प्रहरीले हिरासतमा राखेको आरोप लगाउँदै भण्डारी

नेता थापालाई भण्डारीले फेसबुकमा लेखेको तुच्छ गाली

असोज २ गते नै राष्ट्रिय स्वतन्त्र पार्टीका नेता मोहनजंग थापालाई ‘खाते’ भन्दै भण्डारीले फेसबुकमा गाली बेइज्जती गरेका छन् ।

भण्डारीले यसअघि साउन १४ गते जिल्ला अस्पताल बझाङका डाक्टरहरूलाई ‘चोर’ भन्दै गाली बेइज्जती गरेका छन् ।

जिल्ला अस्पताल बझाङका डाक्टरहरूलाई ‘चोर’ भन्दै गाली बेइज्जती गरेकाे फेसबुक पाेस्ट

भण्डारीले सामाजिक सञ्जालमा गाली बेइज्जती गरेका यी त केही प्रतिनिधि घटना मात्रै हुन् । भण्डारीले निरन्तर एकपछि अर्को गर्दै व्यक्तिको मान प्रतिष्ठामा हानी पुर्‍याएको भन्दै बझाङवासीलाई आतंकित भएका छन् । उनको यो प्रवृत्ति क्षम्य नभएको पीडितहरू बताउँछन् । भण्डारीविरूद्द सामूहिक रूपमा कानुनी कारबाहीका लागि पहल थालिएको एक पीडितले बताए ।

Loading...