स्तरीय सेवा हाम्रो चाहाना, सुरक्षित यात्रा हाम्रो कामना सहितको खप्तड यातायात प्रालिको नौलो प्रस्तुति खप्तड एसी बसको बझाङ – काठमाडौ सेवाको उद्घाटन गरिएको छ । खप्तड यातायात प्रालिले सदरमुकाम चैनपुर स्थित बसपार्कमा भव्य कार्यक्रम सहित सुविधा सम्पन्न एसी डिलक्स ५ नयाँ बसको उद्घाटन गरिएको हो ।
अब बझाङबाट अत्तरिया, धनगढी, कोहलपुर, बुटवल, नारायणगढ हुँदै काठमाडौँ सम्मको यात्रा गर्न सकिने छ । खप्तड यातायात प्रालीका बसहरू दैनिक बिहान ७ बजे बझाङबाट काठमाण्डौका लागी छुट्ने छन् । जिल्लामा सुविधा सम्पन्न बस सञ्चालन भएपछि यात्रु खुसी भएका छन् ।
खप्तड यातायात प्रालीका अध्यक्ष अनन्तराज जोशीले खप्तड यातायात प्रालीको ४ वर्षको अनवरत सेवापछि उत्साह बढेसँगै अझ सेवा बिस्तार गरेको बताए । उनले भने, “बझाङमा आम नागरिकले खप्तड यातायातमा चढ्नुपर्छ भनेर हामीलाई धेरै माया गरे, अब हामीले बझाङबाट काठमाडौँ पनि जोड्नुपर्छ भन्ने मनसायका साथ सञ्लाक समितिको बैठकपछि गाडी लिएर आएका छौँ । नागरीको यात्रामा सहजताका लागी हामी निरन्तर सेवारत छौँ ।” आजको बस उद्घाटन कार्यक्रममा जिल्लाका राजनीतीदलका प्रतिनिधि अनुपस्थित हुँदा अध्यक्ष जोशीले दुख व्यक्त गरेका छन् । जिल्लाभर सडक बिस्तार हुँदै गए आफना सेवाहरूलाई त्यहीँ बिस्तार गर्ने उनले प्रतिवदता व्यक्त गरेका छन् ।
कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति प्रमुख नरबहादुर बोहराले यातायात सञ्चालन सँगै सडकको स्तोरन्तीमा जोड र निरन्तरता दिन आग्रह गरेका छन् । बोहराले साईपाल गाउँपालिकाको सडकलाई पनि निरन्तरता दिन ध्यानाकर्षण गराएका छन् । उद्घाटन कार्यक्रममा बोल्दै उनले नेपाल सरकारले निर्धारण गरेको भाडादार कायम गरेर यात्रुलाई पिडा हुने गरी क्षमता भन्दा बढी यात्रु नबोक्न समेत यातायात व्यवसायीलाई आग्रह गरेका छन् ।