दसैँ-तिहारपछि रोजगारी र पढाइको लागि बझाङ छोड्दै स्थानीयहरू (फोटो फिचर)

Hardware adds
दसैँ र तिहार सकिएपछि धेरैजसो मानिसहरू विभिन्न कारणले आफ्नो घरपरिवार, गाउँ-ठाउँ छोडेर बाहिरिने गरेका छन् । कोही अध्ययनको लागी सहरतर्फ जाँदै छन् भने कोही रोजगारीका लागि विदेश हिँडिरहेका छन् । बझाङमा पनि यो समयमा यातायातको चाप निकै उच्च छ।
बझाङ बसपार्कमा जिल्ला छोड्नेहरुको भिडभाड
बस, जिप लगायत यातायातका साधन भरिभराउ छन्, जसले गर्दा कतिपयलाई टिकट पाउनसमेत कठिनाइ भइरहेको छ । साथै, यस समयमा यात्रा गर्नेहरू धेरै भएका कारण भाडामा पनि वृद्धि हुने गरेको छ । यातायातका साधनहरूमा बढेको चापले सुरक्षामा थप चुनौतीहरू पनि निम्त्याउँछ। यात्रामा हुने भिडभाड र चापलाई व्यवस्थापन गर्न र यात्रुहरूको सुरक्षाका लागि ट्राफिक व्यवस्थापनमा सुधार गर्नु आवश्यक छ।
काउन्टरमा टिकट खोज्दै स्थानीय

 

 

 

 

लाइनमा बसका यात्रुहरु
Loading...