विपीनको उद्दार लागि अखिल क्रान्तिकारिको सरकारलाई ध्यानकर्षण

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) रामपुर क्याम्पस चितवनले हमासको नियन्त्रणमा रहेका विपीन जोशीको उद्दारका लागि आग्रह गरेका छ ।

क्रान्तिकारीका अध्यक्ष चेत राज जोशी र सचिव सागर ढकालले संयुक्त विज्ञप्ती जारी गर्दै जोशीको अवस्था र उद्दारको लागि पहल गर्न सरकारसंग आग्रह गरेका छन् ।

इजरायल र आतङ्कवादी समूह हमासबिच भएको युद्धविरामको घोषणापछि पनि हमासको नियन्त्रणमा रहेका भनिएका बन्धकहरु रिहा भएपनि नेपालका विपीन जोशी अझै रिहा भएका छैनन् ।

पढ्दै कमाउँदै कार्यक्रम अन्तरगत जोशी इजरायल पुगेका थिए ।

‘७ अक्टोबर २०२३ मा दक्षिण इजरायलको किबुज अलुमिममा हमास समूहले आक्रमण गरी बन्धक बनाएर गाजातर्फ लगेको र ५२ दिन बितिसक्दापनि अवस्था अज्ञात रहेको छ । निजको हालसम्म पनि सम्पर्क बिहिन नै रहेको हुनाले सम्पूर्ण सम्बन्धित निकाय, सरोकारवालाहरुलाई सकुशल छिटोभन्दा उद्दारको माग गर्दछौँ,’–विज्ञप्तीमा भनिएको छ । जोशी हमासको नियन्त्रणमा रहेको ईजरायल सरकारले पुष्टि गरेको छ । सो आक्रमणमा परि १० जना नेपाली विद्यार्थीको मृत्यु भएको थियो ।

Loading...