बझाङ दुर्गाथली गाउँपालिकाका अध्यक्ष हुन् दिलबहादुर थापा (तुफान) । माओवादी केन्द्रबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका उनी आजकल जनताका घरदैलोमा पुग्न व्यस्त छन् । विभिन्न खालका अशक्तता भएका नागरिकलाई कोसेली बोकेर अध्यक्ष दिलबहादुर उनीहरूसँगै भलाकुसारी गर्छन् । कहिले स्वास्थ्यकर्मी लिएर सन्चो बिसन्चो सोध्न त कहिले सामाजिक सुरक्षा भत्ता बोकेर उनीहरूसँग दिलबहादुर भेटघाट गर्छन् ।
यस पटक भने दिलबहादुरले केही कोसेली लिएर वृद्ध वृद्धाहरूसँग साक्षात्कार गरे । कोसेलीमा रेडियो, लौरो, ट्र्याक सुट तथा न्यानो कम्मल वितरण गरिएको उनले बताए । अपाङ्गताका आधारमा रेडियो र लौरो, ट्र्याक सुट वा न्यानो ब्ल्यांकेट (कम्बल) मध्ये एक उनीहरूलाई हस्तान्तरण गरिएको अध्यक्ष दिलबहादुरले बताए ।
सो कोसेली गाउँपालिका भरका अपाङ्गता भएका नागरिकलाई वितरण गरिने कार्यक्रम रहेको समेत अध्यक्ष थापाले जानकारी दिए । उनले भने, ‘हामीले नजिकको वडाबाट अहिले सुरुवात गर्यौँ, अन्य वडाहरूमा पनि हामी पुगेर सामाग्री हस्तान्तरण गर्ने छौँ ।