साइपालको धुलीमा हावाहुरीले विद्यालयको छानो उडायो

बझाङको साइपाल गाउँपालिकामा हावाहुरीले विद्यालयको छानो उडाएको छ । आज विहान ११ बजेको समयमा साईपाल गाउँपालिका-४ स्थित धुली माध्यमिक विद्यालयको छानो उडाएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

प्रहरीका अनुसार जस्ता पाताले छाएको दुईकोठे भुईतले भवनको छानो हावाहुरीले उडाएको हो । उक्त भवन भित्र रहेका १ थान कम्प्युटर, कुर्सी, टेबुल र कागजपत्रहरु लगायत भवनको छाना माथि रहेका सोलारपाता र जस्तापातामा समेत क्षती भएको छ । अन्य मानवीय क्षती भने केहि भएको छैन ।

Loading...