नेपाली जनप्रगतिशिल मञ्च रियाद क्षेत्रीय समितिको अध्यक्षमा सुनार

नेपाली जनप्रगतिशिल मञ्च रियाद क्षेत्रीय समितिको अध्यक्षमा सुरेश सुनार चयन भएका छन् । असार ८ गते साउदी अरबको राजधानी रियादमा आयोजित भेलाबाट सुनार अध्यक्षमा सर्वसम्मत चयन भएका हुन । कास्कीको माछापुच्छ्रे गाउँपालिका ७ धम्पुसका सुनार विगत तीन वर्षदेखि साउदी अरबमा वैदेशिक रोजगार गर्दै आएका छन् ।
 मञ्चको  सचिवमा धादिङका अनुज गैरे चयन भएका छन् । प्रमुख अतिथि नेपाली जनप्रगतिशिल मञ्च पश्चिम एसिया महाशाखाका सदस्य तथा राष्ट्रिय समिति साउदीका महासचिव वासुदेव सापकोटा विशिष्ट अतिथि नेपाली जनप्रगतिशिल मञ्च पश्चिम एसिया महाशाखाका सदस्य नवराज चौलागाईं रहेका थिए । कार्यक्रमको सभापति निवर्तमान अध्यक्ष हरिभक्त मगराती रहेका थिए भने कार्यक्रम सञ्चालन निवर्तमान सचिव सुरेश सुनारले गरेका थिए ।
Loading...