साउदीमा अलपत्र परेका एक नेपालीको जनप्रगतिशिल मञ्चद्वारा उद्दार

Masta Gaupalika

साउदीमा ५ महिनादेखि बन्धक बनाएर राखेका एक नेपाली श्रमिकको उद्धार गरिएको छ । दाङको तुलसीपुर नगरपालिका -१९ बिजौरिका गोपाल घर्तीको साउदीबाट उद्धार गरिएको हो । घर्ती २०२३ डिसेम्बर ३१ मा रोजीरोटीको लागी साउदी गएका थिए । उनलाई साउदी मरुभूमिको बिच भागमा गुगलले समेत बाटो नदेखाउने र लोकेसन पत्ता नलाग्ने ठाउँमा राखिएको  थियो ।

नेकपा माओवादी केन्द्रको परदेश सङ्गठन नेपाली जनप्रगतिशिल मञ्च रियाद क्षेत्रीय समिति समक्ष एक नेपाली श्रमिक ५ महिना देखि साउदीले बन्धक बनाएर राखेको सूचना प्राप्त भएपछि खोजी गर्दै जाँदा घर्तीलाई ५ महिना देखि पारिश्रमिक नदिई श्रम शोषण, हाता पायी कुटपिट सम्म गरेको रहेछ। उनले त्यो ५ महिना अत्यन्तै तनावग्रस्त र अतीनै दुखदायी तरिकाले बिताइरहेका थिए ।

रियाद क्षेत्रीय समितिका अध्यक्ष सुरेश सुनारको पहलमा क्षेत्रीय समिति कोषाध्यक्ष अमृत थापा मगरको नेतृत्व अनि राष्ट्रिय कमिटी उपाध्यक्ष गङ्गा गोदार र राष्ट्रिय कमिटी सचिव सिताराम रिमालको  निरन्तर प्रयास र लगनशीलताले हिजो मङ्गलवार राती   पीडितलाई दर्दनाक स्थितिबाट निकालेर एम. बि. सी. लाई जिम्मा लगाएको अध्यक्ष सुनारले बताएका छन्।

नेपालबाट साउदी पठाएको मेन पावर प्रिन्स इन्टरनेशनल इम्प्लोएमेन्टसंगको निरन्तर बहस र छलफल पश्चात् पीडितलाई साउदी देखि नेपाल सम्मको हवाई टिकटको व्यवस्था उक्त मेन पावर कम्पनीबाट नै गराउन सफल भएको कुरा पनि अध्यक्ष सुनारले बताए ।

पीडितलाई बिदाइ तथा कागजात हस्तान्तरण गर्ने कार्यक्रमको बिचमा प्रदेश कमिटी सदस्य तथा पश्चिम एसिया महाशाखाका सचिव कमल शाही “निर्मल” ले कागजात हस्तान्तरण गर्दै भावी दिनमा वैदेशिक रोजगारमा जाँदा आफू लगायत साथी भाइलाई पनि सजग र सक्षम बन्दै बुझेर लिन सुझाव दिएका छन् ।

Loading...