छबिस पाथिभेराको खाेलागडामा पहिरो खस्दा सडक अवरुद्ध, सवारी आवागमन प्रभावित

जिल्लाको छबिस पाथिभेरा गाउँपालिका- ५ ब्याँसी स्थित खाेलागडामा पहिरो खस्दा सडक खण्ड अवरुद्ध भएको छ । गएरातीको वर्षासँगै ढुङ्गा माटो सहितको लेदो, पहिरो जाँदा भाँडे बजारबाट छबिस पाथिभेरा गाउँपालिका जोड्ने मुख्य सडक पूर्ण रूपमा अवरुद्ध भएको हो ।

 

सडक अवरुद्ध हुँदा सवारी आवागमन प्रभावित भएको छ । उक्त ठाउँमा मान्छेलाई हिड्न समेत बाटो नभएको स्थानीयले बताएका छन् ।
सडक अवरुद्ध भएको भन्ने खबर प्राप्त हुनासाथ खुलाउन पहल गरिसकेको र भोलि बिहान मात्रै जेसिवी लगाएर सडक कटान गरिने गाउँपालिका अध्यक्ष वसन्त बहादुर चलाउनेले बताएका छन् । निरन्तर वर्षा भइरहेकाले बाढी पहिरोको जोखिम हुने हुँदा सडक खण्डमा आवतजावत गर्दा सतर्कता अपनाउन पनि उनले अनुरोध गरेका छन् ।
पहिरो गएको स्थान, खोलागडा
Loading...