रास्वपाका नेताले टेरेनन् बझाङमा माछा मार्न नपाइने नियम, बुढीसँग सेल्फि

बझाङको छबिस पाथिभेरा गाउँपालिकाले भदौ ७ गते सार्वजनिक सूचना जारी गर्दै गाउँपालिका क्षेत्रभित्र माछा मार्न निषेध गरेको थियो । एक सूचना जारी गर्दै गाउँपालिका क्षेत्रभित्र माछा मार्न नपाइने सूचनामा उल्लेख थियो ।

भदौ, असोज, फागुन र चैत महिनामा माछाले फुल पार्ने तथा प्रजनन गर्ने समय भएकाले माछा मार्न निषेध गरिएको सूचनामा उल्लेख छ । स्थानीय एफएमहरूले गाउँपालिका क्षेत्रमा माछा मार्न नपाइने बारे लगातार सूचना प्रसारण गरिरहेका छन् । अनलाइन तथा सामाजिक सञ्जालमा माछा मार्न निषेध गरिएको सूचना छताछुल्ल छ । तर, कतिपय माछा पारखीलाई भने गाउँपालिकाले जारी गरेको जलचरको संरक्षण र दिगो उपयोगको नियमले छोएको छैन । अर्थात् उनीहरूले टेडपुच्छर लगाएका छैनन् । लुकालुकी माछाको परिकार बनाउनेहरूको लेखाजोखा त यहाँ छैन तर केही टाठाबाँठाहरुले भने ‘सेतीको माछा’ भन्दै सारा दुनियाँलाई देखाई रहेका छन् ।

आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टीको गाउँपालिका संयोजक भनेर चिनाउने महेश धामीले ‘सेतीको माछा’ भन्दै फेसबुकमै सेल्फि पोस्ट्याएका छन् । उनको कमेन्टमा धेरैले माछा मार्न निषेध गरिएको भन्दै कमेन्ट समेत गरेका छन् तर उनलाई गाउँपालिकाले दिएको सो निर्देशन ठट्यौली लागेझैँ प्रतिक्रिया दिइरहेको छन् । रास्वपाको नेता समेत भएको फुर्ती लगाउने यी व्यक्तिले नियम र निर्देशनको ठाडो उल्लङ्घन गर्दै सेतीमा दिनहुँ माछा मार्ने गरेका छन् ।

भदौ, असोज, फागुन र चैत महिनामा माछाले फुल पार्ने तथा प्रजनन गर्ने समय भएकाले माछा मार्न निषेध गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गगन ऐडीले बताए । माछा लगायत अन्य जलचरको संरक्षण र दिगो उपयोग गरिएन भने भविष्यमा वातावरणमा थप नकारात्मक असर पार्ने देखिएकाले माछा मार्न रोक लगाइएको अधिकृत ऐडी बताउँछन् ।

जारी सूचना तथा निर्देशनको अवज्ञा गरी कुनै पनि साधन वा तरीकाले माछा मारेको पाइएमा नेपाल सरकारको जलचर ऐन बमोजिम कार्वाहि गरिने प्रमुख प्रशासकीय अधिकृत ऐडीले जानकारी जानकारी दिए ।

Loading...