बझाङमा भिरबाट लडेर एक महिलाको घटनास्थलमै मृत्यु

बझाङमा भिरबाट लडेर एक महिलाको घटनास्थलमै मृत्यु भएको छ । जिल्लाको जयपृथ्वी नगरपालिका -३ पडेसकी अन्दाजी ४०  वर्षकी खड्की ऐडिको भिरबाट लडेर मृत्यु भएको हो । आज बिहान साढे १० बजेको समयमा पानकोट ब्यारेक भन्दा तलको भिरमा घाँस काट्ने क्रममा लडेर मृत्यु भएको बताइएको छ ।   घटनाको थप विवरण आउन बाँकी रहेको छ ।
Loading...