चैनपुरवासीको जीवन: जिब्ली झुटेराकी बड्डी पानी बोक्ताइ मरी !

बझाङका बुढापाकाहरूको मुखमा बेलाबखत एउटा उखान सुन्न पाइन्छ– ‘जिब्ली झुटेराकी बड्डी पानी बोक्ताइ मरी’ । जिब्ली झुटेरामा तिनताका पानीको अभाव हुँदा यो उखान चलनचल्तीमा आएको हो ।

कुनै समय घण्टौँ पानी बोक्नु पर्ने जिब्ली झुटेरामा अहिले पानीको अभाव छ भन्ने सुनिँदैन । तर, यो लोक उक्तीलाई सदाबहार बनाउन जिल्ला सदरमुकाम चैनपुरले महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । बझाङ सदरमुकाम चैनपुरमा खानेपानीको हाहाकार हुँदा चैनपुर बासीले पुनः पुरानै उखान सम्झिएका छन् ।

चैनपुर साना सहरी खानेपानी आयोजना प्रभावित भएपछि खानेपानीको चरम अभाव भएको हो । चैनपुरबासी खानेपानीको लागी ३ दिन देखी भौँतारी रहेका छन् । सम्बन्धित निकायसँग सम्पर्क हुन नसक्दा खानेपानी के कारणले बन्द भएको हो बुझ्न सकिएको छैन ।

खानेपानी बन्द भएपछि स्थानीय बासी मारमा परेका छन् । अहिले बजार भरि खानेपानी खोजिरहेका छन् । पानी पाइने ठाउँमा घण्टौँसम्म लाइनमा बस्नुपर्ने बाध्यता छ । सम्बन्धित निकाय यश तर्फ चासो विहीन छ ।

Loading...