जनचेतना युवा समाजले गर्‍यो तेस्रो संस्करणको क्रिकेट आयोजना

जनचेतना युवा समाज जाफ्रीले ठुलो धनराशिको क्रिकेट प्रतियोगिता आयोजना गरेको छ । विजया दशमी तथा शुभ दीपावलीको उपलक्ष्यमा जनचेतना युवा समाज जाफ्रीले “जनचेतना कप २०८१ को तेस्रो संस्करण जिल्ला स्तरीय खुल्ला क्रिकेट प्रतियोगिता आयोजना गरेको हो ।

तेस्रो संस्करणको क्रिकेट प्रतियोगितामा प्रथम पुरस्कार १ लाख ३० हजार ३८१ सहित ट्रफी, मेडल र प्रमाणपत्र, दितिय पुरस्कार ५३ हजार ३८१, ट्रफी, मेडल र प्रमाणपत्र रहेको छ । यस्तै टिम दर्ता शुल्क ५ हजार ५८१ रहेको छ । क्रिकेट प्रतियोगिता कार्तिक ७ देखि १४ गते सम्म दुर्गाथली गाउँपालिका- ५ जाफ्रीमा हुने जनचेतना युवा समाज जाफ्रीले जनाएको छ ।

क्रिकेट प्रतियोगितामा म्यान अफ द सिरिज, वेस्ट ब्याट्सम्यान, ब्यस्ट बलरको उपाधि सहित प्रत्येक खेलमा म्यान अफ द म्याच सहित नगद पुरस्कारको व्यवस्था गरिएको छ ।

बझाङ जिल्ला भन्दा बाहिरका खेलाडी समावेश नगरिने, ए लबी डब्लू बाहेक क्रिकेट खेलमा हुने सम्पूर्ण नियमहरू लागू गरिने, सहभागी टिमले खान बस्न व्यवस्था आफैले गर्नुपर्ने, र सहभागी हुने टिमहरूको खेलमा जर्सी अनिवार्य ल्याउनुपर्ने आयोजकले जनाएको छ ।

जनचेतना युवा समाजको सुचना
Loading...