बझाङमा सुदूरपश्चिमकै ठुलो धनराशिको भलिबल आयोजना, पुरस्कार २ लाख बढी

Hardware adds

बझाङ उद्योग वाणिज्य सङ्घले सुदूरपश्चिमकै ठुलो धनराशिको भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ । वडा दसैँ तथा दीपावलीको अवसरमा हालसम्मकै सर्वाधिक ठुलो धनराशिको भलिबल आयोजना गरिएको उद्योग वाणिज्य सङ्घका अध्यक्ष दानबहादुर सुर्मेलीले जानकारी दिए ।

आयोजना हुँदै गरेको भलिबल प्रतियोगिता पश्चिम क्षेत्रकै सर्वाधिक ठुलो धनराशिको भएको आयोजकले दाबी गरेको छ । अध्यक्ष सुर्मेलीले भने, ‘यो वर्ष हामीले चौथो बझाङ उद्योग वाणिज्य सङ्घ कप २०८१ को आयोजना गरेको छौँ । खेल उद्घाटन कार्त्तिक १ गते बिहान ११ बजे देखी जिल्ला सदरमुकाम चैनपुरमा हुने छ । हामीले आयोजना गर्न लागेको भलिबल प्रतियोगिता सुदूरपश्चिम क्षेत्रको हालसम्मको सबैभन्दा ठुलो धनराशीको हुने छ । हामीले अन्तरपालिका स्तरिय पुरुष र महिला भलिबल प्रतियोगिता आयोजना गर्दैैछौँ ।’

फाइल फाेटाे

भलिबल प्रतियोगिता भने अन्तरपालिका स्तरीय हुने आयोजकले जनाएको छ  । एउटा टिमले देशभरीका दुइ जना खेलाडी समावेश गर्न सक्ने छ ।  पुरुष भलिबलतर्फ प्रथम पुरस्कार २ लाख २ हजार ८१ रहेको छ । दिति पुरस्कार १ लाख २ हजार ८१, तृतीय पुरस्कार ५२ हजार ८१ भने सान्त्वना पुरस्कार १२ हजार ८१ रुपैयाँ रहेको छ । पुरुष भलिबलका लागि टिम दर्ता शुल्क १० हजार तोकिएको छ ।

यस्तै महिला भलिबल तर्फ प्रथम पुरस्कार १ लाख २ हजार ८१, दितिए पुरस्कार ५२ हजार ८१, तृतीय पुरस्कार २२ हजार ८१, सान्त्वना पुरस्कार ५ हजार ५ सय ८१ रहेको छ भने टिम दर्ता शुल्क ५ हजार रुपैयाँ रहेको छ ।

बझाङ उद्योग वाणिज्य संघको सुचना

Loading...