धम्पुस, २६ असोज
धम्पुस पोखरी जाने क्रममा हिजो हराएको महत्वपूर्ण कागजात, नगद रकम सहितको ब्याग फेला परेको छ। खानीगाउँ निवासी चिजमान विश्वकर्माले उक्त ब्याग फेला पारी सम्बन्धित धनीलाई हस्तान्तरण गरेका छन्।
धम्पुस निवासी प्रशन्न भण्डारीको उक्त झोला हराएको थियो, जसमा नगद रु ६० हजार, अस्ट्रेलियन डलर २ सय, राहदानी, र अन्य महत्वपूर्ण कागजातहरू रहेका थिए। शुक्रबार साँझ हराएको झोला फेला पारेर चिजमानले आफ्नो ईमानदारिता र उदारता प्रस्तुत गर्दै प्रशन्न भण्डारीलाई सुरक्षित रूपमा झोला बुझाएका हुन्।
झोला फिर्ता पाएपछि प्रशन्न भण्डारीले चिजमान विश्वकर्माको ईमानदारी र उदारताको प्रशंसा गर्दै धन्यवाद दिएका छन्।