दुर्गाथलीमा गाडी भाडा बढी असुल्न नपाइने 

Hardware adds
दुर्गाथली गाउँपालिकाले सार्वजनिक यातायातमा मनोमानी भाडा असुली रोक्न ५ ठाउँमा भाडादरको बोर्ड राखेको छ । गाउँपालिकाभित्र जिप व्यवसायीले यात्रुबाट अत्यधिक शुल्क असुल्ने गरेको  जनगुनासोपछि यो कदम उठाइएको हो ।

 

गाउँपालिका अध्यक्ष दिलबहादुर थापा (तुफान) स्वयं फिल्डमा खटेर ठाउँ ठाउँमा भाडादरको बोर्ड राखेका हुन् । उनका अनुसार अब कुनै पनि व्यवसायीले तोकिएको दरभन्दा बढी भाडा असुल्न पाउने छैन । “सार्वजनिक यातायातको सहज र पारदर्शी व्यवस्थापनका लागि यो व्यवस्था लागू गरिएको हो । अब भाडादरलाई पालना नगर्ने व्यवसायीहरूलाई कारबाही गरिनेछ,” अध्यक्ष थापाले बताए ।

 

यो निर्णयले यात्रुहरूलाई राहत मिल्ने विश्वास गरिएको छ । यात्रुहरूले तोकिएको भाडादरको जानकारीका लागि बोर्डको प्रयोग गर्न सक्नेछन् । बोर्डहरू मुख्य सार्वजनिक स्थानहरूमा जडान गरिएका छन्, जसमा गाउँपालिकाका प्रमुख यात्रा केन्द्रहरू समेटिएका छन् ।
Loading...