नेपालमा अवैध क्रिप्टोकरेन्सी कारोबारमा मुख्य दुई दाजुभाइ कारोबारी संलग्न भएको भेटिएको छन् । उनीहरूले दैनिक १५ हजार क्रिप्टोकरेन्सी बिक्री गर्ने गरेको हाम्रो अनुसन्धानले फेला पारेको छ । कास्की ठेगाना बताउने सुरेन्द्र विक र राजेन्द्र विक दाजुभाइ हुन् । विक दाजु भाइ अवैध क्रिप्टोकारोबार अहिले फस्टाउँदो छ । प्रति युसडिटि (क्रिप्टोकरेन्सी) को मूल्य १ सय ४५ का दरले उनीहरूले बाइनान्स नामक क्रिप्टोकारोबार गर्ने एपमा काराेबार गरेको देखिन्छ । १ सय ४५ लाई १२ हजारले गुणन गर्दा दैनिक १७ लाख ४० हजार बराबरको क्रिप्टो कारोबार गर्ने गरेको भेटिएको छ ।
राजेन्द्र विकको नाममा बाइनान्स युजर प्रयोग कर्ताले एक दिनमै करिब १० देखि २० हजार युएसडिटिको कारोबार गर्ने गरेको बाइनान्स नामक एपमा देखिन्छ ।
राजेन्द्र विक नामको व्यक्तिले ९८२५७२२२२१ आइएमइ पे, ९८१५०९२९७०१ खल्ती र ई सेवा वालेटमा नेपाली पैसा जम्मा गर्न लगाउँछन् । सो ई सेवा राजेन्द्र विकको नाममा रहेको छ । साथै सो कारोबारीले राजेन्द्र विकको नाममा ग्लोबल आइएमइ बैङ्कबाट पनि क्रिप्टो कारोबार गर्ने गरेको देखिएको छ ।
ग्लोबल आईएमइ बैङ्कमा राजेन्द्र विकको नाममा रहेको ०७४०७०१००००३६८ खाता नम्बरबाट उनले लाखौँ रकमको क्रिप्टो करेन्सी कारोबार गरिरहेको देखिन्छ । त्यस्तै प्रभु बैङ्कमा सुरेन्द्र विकको नाममा रहेको खाता नं. ०७७०२५४१३६९००१५ लगायत अन्य बैङ्कमा समेत विक दाजुभाइको अवैध कारोबार रहेको देखिन्छ ।
नेपालमा अवैध ‘भर्चुअल मुद्रा’ अर्थात् क्रिप्टो करेन्सीको कारोबार पछिल्लो समय बढ्दै गएको छ। यस्तो मुद्राको कारोबारमा संलग्नहरु धमाधम पक्राउ पर्न थाल्नुले भित्रभित्रै नेपालमा यसको जालो फैलिँदै गएको पुष्टि हुन्छ ।
नेपाल राष्ट्र बैंकले क्रिप्टो करेन्सीको कारोबार नेपालमा अवैधानिक भएकोबारे सचेत गराउँदै आएको छ । राष्ट्र बैंकले विदेशमा रहेका नेपालीलाई समेत यस्तो कारोबारमा संलग्न नहुन आग्रह गर्दै आएको छ । यस्तो कारोबारलाई वैधानिकता दिने हो भने यसले देशको अर्थतन्त्रमा ठूलो संकट सिर्जना गर्नसक्ने जानकारहरु बताउँछन्।