नेपालमा अवैध क्रिप्टोकरेन्सी कारोबारमा होटल ब्यवसायी समेत संलग्न रहेको भेटिएको छ । काठमाडाँैमा होटल व्यवसाय गर्ने सागर पछिल्लो समय ‘खुंखार क्रिप्टोकारी’ हुन् । खड्काको क्रिप्टो कारोबार ‘दिन दो गुना रात चौ गुना’ बढ्दो छ । उनी अबैध क्रिप्टोकरेन्सीका खुलेआम कारोबारी हुन् ।
खड्काले दैनिक १० लाख बराबरको क्रिप्टो करेन्सी नेपालमा बेच्ने गरेका छन् । बिहिबार मात्रै खड्काले १२ हजार युसडिटि (क्रिप्टोकरेन्सी) बाइनान्समा बिक्रिका लागि राखेका छन् । प्रती युसडिटि (क्रिप्टोकरेन्सी) को मूल्य १ सय ४५ का दरले उनीहरूले बाइनान्स नामक क्रिप्टोकारोबार गर्ने एपमा कारोबार गरेको देखिन्छ । १ सय ४५ लाई १२ हजारले गुणन गर्दा दैनिक १७ लाख ४० हजार बराबरको क्रिप्टो कारोबार गर्ने गरेको भेटिएको छ । उनले न्युनतम ५० हजारको क्रिप्टो करेन्सी किनबेचका लागि राखेको भेटिएको छ ।
खड्काले ९८६३३९६११७ मोबाइल नम्बरको इसेवा, आइएमइ पे, र खल्ती वालेटमा नेपाली पैसा जम्मा गर्न लगाउँछन् । साथै सो कारोबारीले खड्काको नाममा सानिमा बैङ्कबाट पनि क्रिप्टो कारोबार गर्ने गरेको देखिएको छ ।
सानिमा बैङ्कमा सागर खड्काको नाममा रहेको ०४७०११०५००००१६० खाता नम्बरबाट उनले लाखौँ रकमको क्रिप्टो करेन्सी कारोबार गरिरहेको देखिन्छ । त्यस्तै अन्य बैङ्कमा समेत खड्काको अवैध कारोबार रहेको देखिन्छ ।
नेपालमा अवैध ‘भर्चुअल मुद्रा’ अर्थात् क्रिप्टो करेन्सीको कारोबार पछिल्लो समय बढ्दै गएको छ। यस्तो मुद्राको कारोबारमा संलग्नहरु धमाधम पक्राउ पर्न थाल्नुले भित्रभित्रै नेपालमा यसको जालो फैलिँदै गएको पुष्टि हुन्छ ।
नेपाल राष्ट्र बैंकले क्रिप्टो करेन्सीको कारोबार नेपालमा अवैधानिक भएकोबारे सचेत गराउँदै आएको छ । राष्ट्र बैंकले विदेशमा रहेका नेपालीलाई समेत यस्तो कारोबारमा संलग्न नहुन आग्रह गर्दै आएको छ । यस्तो कारोबारलाई वैधानिकता दिने हो भने यसले देशको अर्थतन्त्रमा ठूलो संकट सिर्जना गर्नसक्ने जानकारहरु बताउँछन् ।