बझाङमा पत्रकारको चुनावः अध्यक्षमा काँग्रेसकै पत्रकारबीच आधा-आधा कार्यकालको भागबण्डा

नेपाल पत्रकार महासंघ जिल्ला शाखा बझाङको मंसिर २८ गते सम्पन्न निर्वाचन निकै रोचक र प्रतिस्पर्धात्मक बनेको छ । अध्यक्ष पदका लागि डिबी बिष्ट र ललितबहादुर सिंहले समान ३३/३३ मत प्राप्त गरेपछि गोला प्रथामार्फत नेतृत्व टुंगो लगाइएको हो ।

गोला प्रथाका आधारमा पहिलो डेढ वर्षको कार्यकाल डिबी बिष्टको भागमा परेको छ भने दोस्रो डेढ वर्ष ललितबहादुर सिंहले नेतृत्व सम्हाल्ने भएका छन् । कांग्रेस निकट नेपाल प्रेस युनियनसँग आबद्ध बिस्ट र सिंहबिच सहमति हुन नसक्दा चुनावी प्रतिस्पर्धा भएको थियो ।

बिष्ट र सिंह दुबै नेपाल प्रेस युनियनसँग आबद्ध भए पनि आपसी सहमति हुन नसक्दा चुनावी मैदानमा उत्रिनु परेको हो । यद्यपि, अन्ततः दुबै पक्षले सहमतिका साथ डेढ डेढ वर्षे कार्यकालको व्यवस्थामा सहकार्य गर्ने निर्णय गरेका छन् ।

सदस्य  पदका लागि पनि गोला प्रथा गरिएकाे थियाे । सुनिल मण्डेल, सुवासचन्द्र रोकाया र गगन रावतले समान मत प्राप्त गरेका थिए । गाेला प्रथाबाट गगन रावत सदस्य पदका लागि निर्वाचित भएका छन् ।

उपाध्यक्षमा रूपक खड्का निर्वाचित भएका छन् भने महिला उपाध्यक्षको जिम्मेवारी तरुणा जोशीले पाएकी छिन् । सचिवमा प्रताप ओली, सहसचिवमा बिर्ख बोहरा र समीर खत्री तथा कोषाध्यक्षमा दोरन्द्र खड्का निर्वाचित भएका छन् ।

 

Loading...