रेणु दाहालको उपस्थितिमा अनेरास्ववियू (क्रान्तिकारी) द्वारा नयाँ विधार्थीको स्वागत

अनेरास्ववियू (क्रान्तिकारी) मुल इकाइ समितिको रामपुर क्याम्पस, खैरहनी चितवनमा आयोजित नव आगन्तुक विद्यार्थी स्वागत तथा वनभोज कार्यक्रम भव्य र सभ्य रूपमा सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि भरतपुर महानगरपालिका विकासप्रेमी मेयर एवं नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य रेणु दाहाल रहनुभएको थियो ।

कार्यक्रममा विशेष अतिथिको रूपमा नेकपा (माओवादी केन्द्र) चितवन जिल्ला इन्चार्ज घनश्याम दाहाल, नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य कञ्चन खनाल, नेकपा (माओवादी केन्द्र) केन्द्रीय लेखा परीक्षण आयोग सदस्य नारायणप्रसाद आचार्य, नेकपा (माओवादी केन्द्र) चितवन जिल्ला संयोजक आरसी अधिकारी, जिल्ला सचिव द्रोण शिवाकोटी, भरतपुर महानगर कमिटी अध्यक्ष एवं बागमती प्रदेश सांसद ईश्वर सापकोटा ‘सुमन’, बागमती प्रदेश कमिटी सचिवालय सदस्य भावना सुवेदी, बागमती प्रदेश सदस्य लक्ष्मी ढकाल, खैरहनी नगर अध्यक्ष रमेश्वर पोखरेल, वाईसीएल नेपाल जिल्ला अध्यक्ष दुर्लभ शाही लगायत अन्य विशिष्ट अतिथिहरु उपस्थित थिए ।

अखिल (क्रान्तिकारी) का निवर्तमान केन्द्रीय सचिव सरोज भण्डारी, सागर अधिकारी, नरेन्द्र बयादी, केन्द्रीय सदस्य कृष्ण सुनार, ओम थपलिया, नरेश ब्लेन्टेन, पवन गुरुङ, जिल्ला संयोजक सुसन चितवने, सचिव सुशील कार्की लगायत पार्टीका विभिन्न तह र तप्काका जिम्मेवार कार्यकर्ता तथा पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रमले विद्यार्थीहरूको उत्साह र नयाँ जोश थप्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ। उपस्थित सबै अतिथि र आयोजक टिमको सक्रियतामा कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको आयोजक समितिले जनाएको छ ।

नेकपा हुदा अनेरास्ववियूमा आबद्ध भएर काम गरेको र दुई वर्ष अगाडि अनेरास्ववियूलाई विभाजन गर्दै अखिल (क्रान्तिकारी) स्थापना गरेर अहिले संगठनमा सदस्य संख्याको हिसाबले पहिलो संगठन बनेको छ। स्ववियू निर्वाचनमा बहुमतका साथ स्ववियू सभापति, सचिव र अन्य पदाधिकारीमा जित हासिल गरेको अखिल (क्रान्तिकारी) क्याम्पसमा विभिन्न रचनात्मक कार्यक्रम गर्दै आएको छ। अतीतमा च्याउ खेती, बेमौसमी तरकारी खेती, मकै खेती, टमाटर खेती र सयपत्री खेती गर्दै देशभरि उत्कृष्ट संगठनको रूपमा स्थापित भएको अखिल (क्रान्तिकारी) अब आगामी स्ववियू चुनावमा पनि एक्लै लडेर जित्न सक्षम रहेको बताइएको छ । मेयर रेणु दाहालले स्ववियू सभापति एवं रामपुर क्याम्पस निवर्तमान अध्यक्षलाई बधाई तथा धन्यवाद ज्ञापन गर्दै आगामी दिनहरूमा पनि साथ र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।

कार्यक्रममा रेणु दाहालले भने, “रामपुर क्याम्पसको जग्गा उपलब्धि, क्याम्पस प्रमुख र डीनको नियुक्ति गर्न पहल गरेको, स्ववियू निर्वाचनमा नेविसंघले ताला बन्दी गर्दा जिल्लाका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखसँग समन्वय गरेर सहयोग गरेको कुरा म यहाँ प्रस्तुत गर्न चाहन्छु।”

Loading...