केदारस्युँ गाउँपालिकाका चार मावि विद्यालयमा इ-हाजिरी प्रणाली जडान गरिएको छ । मङ्गलवार चन्द्रोदय मावि भाडसैन, कैलाश भवानी मावि कोटेली, सुर्मा भवानी मावि काँडाचौर र कैलाश मावि लोतुमा उक्त प्रणाली जडान गरिएको हो । गाउँपालिकाका सूचना अधिकारी लेखराज रावलको नेतृत्वमा गएको टोलीले विद्यालयमा इ-हाजिरी डिभाइस जडान गरेको हो ।
विद्यालयमा उक्त प्रणाली जडान पछि कैलाश माविका प्रधानाध्यापक नवराज थापाले इ-हाजिरीले शिक्षकहरूको नियमित उपस्थिति सुनिश्चित गर्ने र जिम्मेवारीबाट पन्छिन रोक्ने काममा सहयोग पुर्याउने बताए । उनले भने, “विद्यालयमा कार्यरत शिक्षकहरूको हाजिरी व्यवस्थापन गर्दा आउने झन्झटहरू, जस्तै मनमुटाब हुने समस्या, अब हट्नेछ । साथै, यो प्रणालीले प्रधानाध्यापकहरूको जिम्मेवारीलाई पनि सहज बनाएको छ ।”
थापाले इ-हाजिरी डिभाइसको सही सदुपयोग गर्नुपर्नेमा विशेष जोड दिएका छन् । यो प्रणालीले विद्यालयमा अनुशासन कायम राख्न र शिक्षाको गुणस्तर सुधार गर्न महत्त्वपूर्ण भूमिका खेल्ने छ । केदारस्युँ गाउँपालिकाले यश अघि पालिका अन्तर्गतका सात वटा मावि स्कुलमा ई- हाजिरी जडान गरिसकेको छ ।
- Facebook Comments
- Comments