बागेश्वरी असल शासन नेपाल बझाङ जिल्ला कार्यसमितिले राष्ट्रिय टोपी दिवसको अवसरमा विशिष्ट व्यक्तित्वहरूलाई ढाका टोपी लगाएर सम्मान गरेको छ ।
बागेश्वरी असल शासन नेपाल बझाङ जिल्ला कार्यसमितिको आयोजना तथा होटेल देविस्थानको सहयोगमा प्रमुख जिल्ला अधिकारी ओम प्रसाद भट्टराई, जिल्ला प्रहरी कार्यालय प्रमुख युवराज भण्डारी, छबिस पाथिभेरा गाउँपालिका अध्यक्ष बसन्त चलाउने, गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत गगन ऐडि र सामाजिक विकास कार्यालय प्रमुख प्रयागराज जोशीलाई सम्मान गरिएको हो ।
कार्यक्रममा बागेश्वरी असल शासन नेपाल बझाङ जिल्ला कार्यसमिति अध्यक्ष रमेश सिंह, सचिव सुनिल मण्डेलसहितका पदाधिकारीले सम्मानित व्यक्तिहरूको कार्यस्थलमै पुगेर टोपी लगाइदिएका थिए ।
यस अवसरमा राष्ट्रिय पोसाक र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनका लागि सबै पक्षको सक्रिय भूमिका आवश्यक रहेकोमा जोड दिइएको थियो । सम्मानित व्यक्तिहरूले यस कार्यक्रमले राष्ट्रिय पहिचान र स्थानीय संस्कृति जोगाउन सहयोग पुर्याउने विश्वास व्यक्त गरेका छन् ।