बझाङमा जिप ठक्करबाट बालिका घाइते, चालक फरार

बझाङमा जिपले ठक्कर दिँदा एक बालिका घाइते भएकी छन्  जिल्लाको जयपृथ्वी नगरपालिका–१० खेइराकी १२ वर्षीया नविना कुँवर घाइते भएकी हुन् । विद्यालयबाट घर फर्किरहेकी कुँवरलाई दिउँसो २ बजेतिर सुदूरपश्चिम प्रदेश २-०२००१ च ०४६२ नम्बरको जिपले बसपार्कनजिकै ठक्कर दिएको थियो । घाइते बालिकाको जिल्ला अस्पताल बझाङमा उपचार भइरहेको छ ।

बालिकालाई ठक्कर दिने जिपका चालक थलारा गाउँपालिका घर भएका ३२ वर्षीय कमल थापा घटनापछि फरार भएका छन् । उनले चलाएको जिप भने प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी निरीक्षक जयबहादुर डाँगीको नेतृत्वको टोलीले फरार चालकको खोजी गरिरहेको प्रहरीले जनाएको छ ।

Loading...