केदारस्युँ गाउँपालिकामा बालबालिकाको हक, हित र समृद्धि प्रवर्द्धन गर्न बाल संरक्षण नीति निर्माणका लागि एकदिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ । कार्यक्रम गाउँपालिकाकी उपाध्यक्ष मनिषा धामीको अध्यक्षतामा सम्पन्न भएको हो ।
बाल अधिकार समितिका पदाधिकारी तथा सदस्यहरूको सक्रिय सहभागिता रहेको उक्त कार्यशालाको सहजीकरण परामर्शदाता बिरेन्द्र खड्काले गरेका थिए । बाल संरक्षण नीति तयार गरी बालबालिकाको अधिकार सुनिश्चित गर्न तथा उनीहरूको समृद्ध भविष्य निर्माणका लागि यो कार्यशालाले महत्वपूर्ण भूमिका खेल्ने बताइएको छ ।
कार्यक्रम केदारस्युँ गाउँपालिकाको आयोजना र प्रगतिशील युवा समाजको सहकार्यमा सम्पन्न भएको हो । यस अवसरमा बालबालिकाका हकहित र समृद्धिका लागि सञ्चालित गतिविधिहरू थप प्रभावकारी बनाउन नीति निर्माण अपरिहार्य रहेकोमा सहभागीहरूले जोड दिएका थिए ।
कार्यशालाको निष्कर्षले बाल संरक्षण नीतिको तयारीलाई गति दिने विश्वास गरिएको छ ।