काठमाडौं। वैदेशिक रोजगार विभागको इजरायल शाखाले PDOT (Pre-Departure Orientation Training) तालिममा अनिवार्य सहभागिता जनाउनुपर्ने सूचना जारी गरेको छ। विभागले सबै सम्बन्धित व्यक्तिहरूलाई तालिममा अनिवार्य रुपमा सहभागी हुन र तोकिएको तालिका अनुसार तालिम नगरेमा विभाग कुनै पनि जवाफदेही नहुने जानकारी दिएको छ।
तालिममा सहभागीता सहज बनाउन विभागले एक Google Forms उपलब्ध गराएको छ। सम्बन्धित व्यक्तिहरूले यो लिंक मा गएर आवश्यक विवरण भर्नुपर्नेछ।
इजरायलमा रोजगारको अवसर खोज्ने व्यक्तिहरूका लागि PDOT तालिम अनिवार्य रहेको र यसले उनीहरूको सुरक्षालाई प्राथमिकता दिने बताइएको छ। तालिमले वैदेशिक रोजगारका क्रममा आउन सक्ने चुनौतीहरूको सामना गर्न आवश्यक ज्ञान र जानकारी प्रदान गर्नेछ।