बझाङ : पश्चिमी वायुको प्रभावका कारण कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी क्षेत्रमा मौसम आंशिक बदली छ ।
सुदूरपश्चिम र कर्णाली प्रदेशमा पश्चिमी न्यून चापीय प्रणाली पनि रहेकाले आंशिकदेखि साधरणतया बदली रही उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा आज हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यस्तै कोशी, मधेस, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा मुख्यतया मौसम सफा रहने महाशाखाको अनुमान छ । काठमाण्डौ उपत्यका तथा तराईका केही ठाउँमा अहिले हुस्सु लागेको छ । दिउँसो घाम लाग्दै जाँदा हुस्सु र कुहिरो पनि हट्दै जाने मौसमविद्ले बताएका छन् ।