बझाङको सदरमुकाम चैनपुरमा औषधि व्यवस्था विभाग नेपालगन्ज, जिल्ला प्रशासन कार्यालय बझाङ र जिल्ला स्वास्थ्य कार्यालय बझाङको संयुक्त टोलीले प्राइभेट अस्पताल र मेडिकलहरूको अनुगमन गरेको छ ।
अनुगमनका क्रममा अमिसा अस्पतालले फर्मेसी दर्ता नगरी संचालन गरेको पुष्टि भएकोले उक्त अस्पताललाई बन्द गरी सिल गरिएको छ ।
यस्तै, केही मेडिकल सञ्चालकहरू अनुगमन भइरहेको थाहा पाएपछि मेडिकल बन्द गरी फरार भएको अनुगमन टोलीले जनाएको छ ।
यसैबीच, चैन मेडिकलले अवैध रूपमा लागू औषध बिक्री गरेको मुद्दा अदालतमा चलिरहेको हुँदा उक्त मेडिकललाई कडा निगरानीमा राखिएको छ ।
अनुगमन टोलीले प्राइभेट स्वास्थ्य संस्थाहरूको गतिविधिलाई नियमित रूपमा अनुगमन गर्ने र थप कारबाही प्रक्रिया अघि बढाइने जानकारी दिएको छ ।