चैनपुरमा तीन दिने आत्मरक्षा तालिम: महिलाको सशक्तीकरणमा नयाँ कदम

जयपृथ्वी नगरपालिका-१० चैनपुरमा तीन दिने आधारभूत आत्मरक्षा तालिम सम्पन्न भएको छ । प्रगतिशील युवा समाजको आयोजनामा तथा वर्ल्ड भिजन इन्टरनेशनल नेपालको सहयोगमा सञ्चालन भएको उक्त तालिममा जयपृथ्वी नगरपालिका र केदारस्युँ गाउँपालिकाका सहभागी साथी शिक्षकलाई आत्मरक्षा सम्बन्धी सीप प्रदान गरिएको थियो ।

प्रगतिशील युवा समाजका कार्यक्रम व्यवस्थापक यज्ञराज जोशीले तालिमले बालबालिकामा सकारात्मक ऊर्जा भरिने विश्वास व्यक्त गरे । उनले यो तालिम शारीरिक अभ्यासको माध्यमबाट बालबालिकाको सशक्तीकरणका लागि महत्त्वपूर्ण भएको बताए ।

वर्ल्ड भिजन इन्टरनेशनल नेपाल बझाङ जिल्ला संयोजक मेनुका मल्लले सहभागीहरूले तालिममा सिकेका सीपलाई समुदायमा लागू गर्नुपर्नेमा जोड दिइन् । उनले सिकेका सीपहरू डेमो मात्र नभई जीवन्त अभ्यास गर्न आवश्यक रहेको बताइन् ।

यस्तै, प्रगतिशील युवा समाजका सहसचिव तथा कार्यक्रमका सभाध्यक्ष प्रविन्द्र धामीले बालबालिकाको समृद्धिसँगै सुरक्षा पनि महत्वपूर्ण रहेको बताए । उनले आत्मरक्षा तालिमले महिलाहरूलाई विशेष रूपमा फाइदा पुर्याउने विश्वास व्यक्त गरे ।

तालिमको प्रशिक्षण मार्सल आर्ट तेक्वान्दो प्रशिक्षक दिपा रानाले गरेकी थिइन् । उनले बालबालिकालाई आत्मरक्षाका विभिन्न विधिहरू व्यवहारिक रूपमा सिकाएकि थिइन् ।

कार्यक्रमले महिला तथा बालबालिकाको आत्मविश्वास र सुरक्षाका लागि महत्वपूर्ण योगदान पुर्याउने आयोजकले बताएको छ । ३ दिने आत्मरक्षा तालीममा सहभागीहरुलाई प्रमाणपत्र पनि वितरण गरिएको थियोे ।

Loading...