छविसपाथिभेरा, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) छविसपाथिभेरा गाउँ समितिको आयोजनामा ३०औं जनयुद्ध दिवसको अवसरमा गाउँपालिका स्तरीय अन्तर-माध्यमिक तह वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । यस प्रतियोगितामा छविसपाथिभेरा गाउँपालिकाका विभिन्न सात विद्यालयका १२ जना छात्र-छात्राले सहभागिता जनाएका थिए ।
प्रतियोगिता “लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापनामा जनयुद्धको भूमिका” विषयमा आधारित थियो । यस प्रतियोगितामा सत्यवादी गाठ बि. अपप्रववीनगरका छात्र विशाल कुमार मण्डेल प्रथम स्थान हासिल गर्न सफल भए । नमुना कडायत द्वितीय स्थानमा, बान्नीचौर माविका श्रमराज बिसी तृतीय स्थानमा तथा जनप्रिय माविकी विपना बोहरा सान्त्वना स्थानमा रहन सफल भए ।
पुरस्कार तथा सम्मान
प्रतियोगिताका विजेताहरुलाई नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको थियो ।
• प्रथम स्थान प्राप्त विजेतालाई नगद ५००० रुपैयाँ तथा प्रमाणपत्र
• द्वितीय स्थान प्राप्त विजेतालाई नगद ४००० रुपैयाँ तथा प्रमाणपत्र
• तृतीय स्थान प्राप्त विजेतालाई नगद ३००० रुपैयाँ तथा प्रमाणपत्र
• सान्त्वना स्थान प्राप्त विजेतालाई नगद १००० रुपैयाँ तथा प्रमाणपत्र
यसैगरी, प्रतियोगितामा सहभागी भएका १२ जना सम्पूर्ण छात्र-छात्रालाई डायरी, कलम तथा ५०० रुपैयाँ नगद प्रदान गरिएको थियो ।
शहीद तथा पूर्व जनमुक्ति सेनालाई सम्मान
कार्यक्रमका दौरान शहीद परिवार तथा पूर्व जनमुक्ति सेनाहरूलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । यस सम्मानले जनयुद्धमा योगदान पुर्याएका वीर सपूतहरूलाई सम्झना गर्दै उनीहरूको योगदानको कदर गरिएको थियो ।
कार्यक्रमका अतिथि तथा संयोजन
कार्यक्रम छविसपाथिभेरा गाउँ समिति अध्यक्ष लाल बहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको थियो । यस कार्यक्रममा गाउँपालिका इन्चार्ज अमरराज भन्डारी प्रमुख अतिथि तथा प्रदेश समिति सल्लाहकार सदस्य करन बुढा शितल विशेष अतिथि थिए ।