बझाङदिप क्याम्पस झोतामा नेविसंघद्वारा प्रजातन्त्र दिवस मनाइयो

नेविसंघले बझाङदिप क्याम्पस झोतामा प्रजातन्त्र दिवस विविध कार्यक्रमसहित मनाएको छ । क्याम्पस परिसर सरसफाइ गर्दै, नेपालको झन्डा फरफराएर औपचारिक कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा नेविसंघका कार्यकर्ताहरूले अत्याचारी दमन विरुद्ध मौन विरोध प्रदर्शन गरेका थिए । साथै, भारतको कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रीयल टेक्नोलोजी (केआईआईटी) मा मृत भेटिएकी नेपाली छात्रा प्रकृति लम्साललाई न्यायको माग गर्दै नारा जुलुससमेत निकालिएको थियो ।


नेविसंघ क्याम्पस इकाई कमिटी सभापति आकाश गिरिले भने, प्रजातन्त्र दिवसलाई औपचारिक रूपमा मनाउने मात्र होइन, यसको मूल्य र मान्यतालाई आत्मसात् गर्दै स्वतन्त्रता, समानता र न्यायका लागि लड्नु आवश्यक छ।”

त्यस्तै, केदारस्युँ गाउँपालिका नेविसंघका सभापति रोशन भण्डारीले भने, “हाम्रो लडाइँ लोकतन्त्रको सुदृढीकरणका लागि हो । लोकतन्त्रका मूल्य र आदर्शलाई कायम राख्दै समुन्नत, न्यायपूर्ण र समृद्ध नेपाल निर्माण गर्न सबै एकजुट हुनुपर्छ । हालै मात्र घटेको प्रकृति लम्सालको घटनामा नेपाल राज्य गम्भीर बन्नुपर्छ । लम्सालको न्यायका लागि हामी निरन्तर आवाज उठाउनेछौँ।”

नेविसंघ क्षेत्रीय सहसचिव अर्जुन सिंहले भने, हामी दमन सहँदैनौँ । अन्यायविरुद्ध नेविसंघ सधैँ सशक्त रूपमा उभिन्छ ।
कार्यक्रममा विभिन्न विद्यार्थी नेता, समाजसेवी तथा क्याम्पसका विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

Loading...