बुंगलमा स्यालको आक्रमण, चार वर्षीय बालक गम्भीर घाइते

बझाङ, बुंगल नगरपालिका–८ ऐडिगाउँमा स्यालको आक्रमणबाट एक चार वर्षीय बालक गम्भीर घाइते भएका छन् । स्थानीय राम लुहारका छोरालाई स्यालले आक्रमण गर्दा उनको एक आँखामा गम्भीर चोट लागेको छ भने टाउकोमा पनि गहिरो घाउ परेको छ ।

स्थानीयवासीका अनुसार पछिल्लो समय गाउँमा स्यालको आतंक बढ्दै गएको छ । विभिन्न स्थानमा स्यालले घरपालुवा जनावरहरूलाई समेत आक्रमण गर्ने घटना बढेको र बालबालिका तथा वृद्धवृद्धा समेत असुरक्षित महसुस गर्न थालेको उनीहरूको भनाइ छ ।

घटनापछि घाइते बालिकाको उपचारका लागि पहल भइरहेको छ । स्थानीय निकाय तथा सम्बन्धित निकायलाई वन्यजन्तु नियन्त्रणका उपाय अपनाउन आग्रह गरिएको छ ।

Loading...