एरिष्टोमा प्लस टु सन्चालन, तीन चरणमा भर्ना लिइयो

धनगढी- सुदूरपश्चिम प्रदेशको शैक्षिक क्षेत्रमा तीन दशकदेखि उत्कृष्टता स्थापित गर्दै आएको एरिष्टो इङ्ग्लिस बोर्डिङ स्कुलले यस वर्षदेखि औपचारिक रूपमा (प्लस टु) सञ्चालनमा ल्याएको छ । व्यवस्थापन संकाय सन्चालन गरेको पहिलो वर्षमै उल्लेखनीय विद्यार्थीको आकर्षण देखिएको छ ।

विद्यालयले कक्षा ११ मा विद्यार्थी भर्ना तीन चरणमा सम्पन्न गर्‍यो । प्रवेश परीक्षामार्फत प्रतिस्पर्धी, योग्य तथा लक्ष्य–केन्द्रित विद्यार्थीहरूको छनोट गरिएको प्रधानाध्यापक हरि बुढाथोकिले जानकारी दिए ।

एरिष्टो +2 ले भर्ना कार्यक्रमको पहिलो दिनमै प्रत्यक्ष रूपमा ३६ जना र अनलाइनमार्फत ८ जना गरी जम्मा ४४ जना विद्यार्थीको रजिस्ट्रेशन गरेको थियो । तीमध्ये ३६ जना विद्यार्थी छनोटमा सफल भएका थिए ।

असार २५ गते सम्पन्न दोस्रो चरणको प्रवेश परीक्षामा उत्साहजनक सहभागिता देखिएको थियो । परीक्षा दिएका विद्यार्थीमध्ये ३० जना सफल भएका थिए । विद्यालयले उनीहरूलाई विशेष कार्यक्रममार्फत बधाई र स्वागतसमेत गरेको थियो ।
तेस्रो चरणको प्रवेश परीक्षा असार २८ गते सम्पन्न भयो, जसमा २४ जना विद्यार्थी छनोटमा सफल भए ।

यसरी तीन चरणमा गरी कुल ९० जनाको कोटाअनुसार प्रतिस्पर्धी र प्रतिबद्ध विद्यार्थीको छनोट गरिएको हो । विद्यालयले कक्षा ११ को सुरुआतमै देखिएको यस्तो सहभागिता र भरोसालाई ठूलो अवसरको रूपमा लिएको छ ।

२०८२, श्रावण ५ गते कक्षा ११ को पठनपाठन सुरु हुने विद्यालयले जनाएको छ ।

प्रवेश परीक्षामा सहभागी सम्पूर्ण विद्यार्थीहरूका लागि विद्यालयले एक विशेष सरप्राइज कार्यक्रमको तयारी समेत गरेको छ ।
विद्यालयका प्रधानाध्यापक हरि बुढाथोकी भन्छन् –
“हामी विगतका कक्षाहरूमा जस्तै कक्षा ११ र १२ मा पनि अनुशासन, परिश्रम र गुणस्तरीय शिक्षामार्फत उत्कृष्ट नतिजा दिन पूर्ण रूपमा तयार छौं । एरिष्टोले सदाझैं परिणामभन्दा प्रक्रिया र मूल्यमा विश्वास गर्छ ।”

एसईई २०८१ मा विद्यालयका गौरव उपाध्याय र प्रदीप गिरीले ४ जिपिए ल्याई सुदूरपश्चिमकै एउटै विद्यालयबाट दुई जना विद्यार्थीले ४ जिपिए ल्याउने पहिलो रेकर्ड कायम गरेका थिए ।

एरिष्टो इङ्ग्लिस बोर्डिङ स्कुल, सुदूरपश्चिम प्रदेशको, धनगढी स्थित क्याम्पसरोडमा अवस्थीत छ । सन् १९९२ देखि सञ्चालनमा रहेको यस विद्यालयमा प्लेग्रुपदेखि कक्षा १० सम्म अध्ययन हुने गरेको थियो । ईमिस रेकर्ड २०८१ अनुसार कक्षा प्लेग्रुपदेखि १० सम्ममा जम्मा १८२१ जना विद्यार्थीहरू अध्ययनरत छन् भने यो बर्षबाट कक्षा ११ मा पनि पठनपाठन सन्चालन भएको छ ।

[भिडियो रिपोर्ट]

 

 

Loading...