नेपाल एङ्गलका कानुनी सल्लाहकार थापा काठमाडौं–१ बाट उम्मेदवार

Masta Gaupalika

काठमाडौं: सत्य तथ्यमा आधारित निष्पक्ष पत्रकारिताको अभ्यास गर्दै आएको नेपाल एङ्गल न्युजका कानुनी सल्लाहकार अधिवक्ता विराज थापा काठमाडौं–१ बाट प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार सिफारिस भएका छन् । अधिवक्ता थापालाई नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले उनलाई काठमाडौं–१ बाट उम्मेदवार बनाउने निर्णयसहित सिफारिस गरेको हो ।

नेपाली कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) का उपाध्यक्ष थापा गत फागुनमा सम्पन्न संगठनको राष्ट्रिय सम्मेलनबाट उपाध्यक्षमा निर्वाचित भएका हुन् । संगठनभित्र अध्यक्षनशील, तार्किक र वैचारिक स्पष्टता भएका युवा नेताका रूपमा उनी परिचित छन् ।

माओवादी–एमाले विभाजनपछि एमालेमै रहेर मन्त्री बनेका रामबहादुर थापा ‘बादल’, टोपबहादुर रायमाझीलगायत छ जना मन्त्रीको नियुक्ति गैरसंवैधानिक भएको भन्दै थापाले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । सो रिटमाथि सर्वोच्च अदालतले फैसला गर्दै ती मन्त्रीहरूको पद खारेज गरेपछि थापा राष्ट्रियस्तरमा चर्चामा आएका थिए ।

कानुन पृष्ठभूमिका थापा ललितपुर बार एसोसिएसनका कार्यकारी सदस्यसमेत हुन् । विद्यार्थी आन्दोलनदेखि संवैधानिक तथा कानुनी संघर्षसम्म सक्रिय भूमिका निर्वाह गरेका उनी युवा पुस्तामाझ लोकप्रिय मानिन्छन् ।

आगामी निर्वाचनमा काठमाडौं–१ मा वैचारिक स्पष्टता, कानुनी राज्यको सुदृढीकरण र युवा मुद्दालाई प्रभावकारी रूपमा उठाउने उम्मेदवारका रूपमा थापालाई हेरिएको छ ।

Loading...