शोकका कारण एमालेको घरदैलो कार्यक्रम स्थगित

बझाङ : बैतडीमा भएको बस दुर्घटनाबाट सिङ्गो बझाङ जिल्ला शोकमा डुबेको भन्दै नेकपा एमालेका चुनावी घरदैलो कार्यक्रम स्थगित गरिएको छ ।

नेकपा एमालेका नेता ऐन महरले सामाजिक सञ्जाल फेसबुकमार्फत शोकको यो घडीमा आज र भोलि अर्थात् माघ २३ र २४ गतेका लागि तय गरिएका घरदैलो कार्यक्रम स्थगित गरिएको जानकारी दिएका छन् ।

उनले दुर्घटनाबाट भएको मानवीय क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

Loading...