धनगढीमा सञ्चालनमा आयो ‘कान्छा दाइ’ होम डेलिभरी सेवा

कैलाली । धनगढीमा घर तथा कार्यालयमा खाना र खाजा पुर्‍याउने ‘कान्छा दाइ’ होम डेलिभरी सेवा सञ्चालनमा आएको छ ।

‘कान्छा दाइ’ मोबाइल एपमार्फत ग्राहकले आफूलाई पायक पर्ने रेस्टुरेन्ट छनोट गरी विभिन्न परिकार अर्डर गर्न सक्ने व्यवस्था गरिएको छ । अर्डर गरिएको खाना तथा खाजा ग्राहकले तोकेको स्थानमै प्राप्त गर्नेछन् ।

सुदूरपश्चिम प्रदेशका लागि ‘कान्छा दाई’को फ्रेन्चाइजी लिएको मनुश्री मल्टीसर्भिस प्रालिले धनगढीबाट सेवा सुरु गरेको हो । सेवा प्रारम्भको अवसरमा कम्पनीले तीन दिनसम्म ग्राहकलाई २० प्रतिशत छुटका साथै निःशुल्क डेलिभरीको सुविधा दिने जनाएको छ ।

मनुश्री मल्टीसर्भिस प्रालिका सञ्चालक दिनेश बोहराले व्यस्तताका कारण रेस्टुरेन्टसम्म पुग्न नसक्ने तथा घर वा कार्यस्थलमै खाना र खाजा मगाउन चाहने ग्राहकलाई लक्षित गरी सेवा सुरु गरिएको बताए ।

‘समय अभावका कारण रेस्टुरेन्टसम्म पुग्न नसक्ने ग्राहकलाई सहजरूपमा घर, कार्यालय वा कार्यस्थलमै खाना तथा खाजा उपलब्ध गराउने उद्देश्यले सेवा सुरु गरेका हौँ,’ बोहराले भने, ‘धनगढीमा सेवा विस्तार गरेपछि महेन्द्रनगर र अत्तरियामा पनि सेवा पुर्‍याउने हाम्रो योजना छ ।’

कम्पनीले धनगढीमा सेवा विस्तारसँगै स्थानीय रेस्टुरेन्टलाई पनि डिजिटल माध्यमबाट ग्राहकसम्म जोड्ने लक्ष्य लिएको जनाएको छ ।

Loading...