गुरेल्थुमका युवा कृृषकलाई गाउँपालिकाले सहयोग गर्छ: अध्यक्ष चलाउने 

छबिसपाथिभेरा गाउँपालिकाका अध्यक्ष वसन्तबहादुर चलाउनेले गुरेल्थुमका किसान महेश धामीलाई नमुना युवा कृषकको रूपमा चिनाउने आश्वासन दिएका छन् । नेपाल एङ्गलसँग कुरा गर्दै अध्यक्ष चलाउनेले सो जानकारी गराएका हुन् ।

अध्यक्ष चलाउनेले आश्वासन दिँदै भने, ‘यस वर्ष हामीले कृषि क्षेत्रमा निकै फरक दृष्टिकोण अपनाइरहेका छौँ । हाम्रो ध्यान कृषि उत्पादन र अनुदानलाई प्रत्यक्ष किसानको हातमा पुर्‍याउनेतर्फ केन्द्रित छ । हामी हाम्रो क्षेत्रमा कृषिको प्रवर्द्धनमा समर्पित छौँ ।’

अध्यक्ष चलाउनेले थपे, ‘यो नीति तथा कार्यक्रममा समेट्न नपाए पनि धामीलाई प्रोत्साहन हुने गरी कार्यक्रम ल्याउँछौँ, तपाई लागी राख्नुस् तपाईँलाई नमुना कृषक रूपमा हामी अगाडी बढाउँछौँ । त्यसमा ढुक्क हुनुस् । कृर्षीक्षेत्रमा अघिल्लो वर्ष भन्दा धेरै फरक तरिकाले यो वर्ष हामी बृहत् रूपमा जान्छौँ । खेतबारीमा उत्पादन, हातमा अनुदान भन्ने हाम्रो नारानै रहेको छ । उत्पादनमा जोड दिन्छौँ ।’

धामीको खेती यात्रा प्रतिकूल मौसमी अवस्था लगायतका चुनौतीहरूले भरिएको छ। भर्खरै, एउटा बलियो हावाले उनको एउटा टनेललाई नष्ट गर्‍यो, जसले गर्दा  बाली खुला र कमजोर भयो । यी अवरोधहरूबाट अविचलित धामीले आफ्नो खेतमा पानी आपूर्ति गर्न बाँसको पाइप प्रयोग गरेर रचनात्मक समाधान निकालेका छन् ।

यसैबिच कृषि ज्ञान केन्द्रका प्रमुख टेकबहादुर विष्टले धामीलाई सहयोग गरिरहेको बताए । युवा कृषकलाई कृषि ज्ञान केन्द्रले सक्दो सहयोग गरेको विष्टले बताए । उनले धामीलाई आफ्नो स्रोतसाधनले सक्दो सहयोग गर्ने प्रतिबद्धतामा जोड दिए । विष्टले आत्मनिर्भरता र अर्ग्यानिक उत्पादनको महत्वमा जोड दिँदै यी पक्षलाई प्राथमिकता दिन कृषि क्षेत्रका व्यवसायीलाई आग्रह गरे ।

चुनौतीहरूको सामना गर्दा धामीको दृढ सङ्कल्प र लचिलोपनले स्थानीय समुदायलाई प्रेरित गरेको छ र कृषि अधिकारीहरूको ध्यानाकर्षण गरेको छ ।छविसपाथिभेरा गाउँपालिकाले कृषि उत्पादन बढाउन र किसानहरूलाई सहयोग गर्ने कुरामा केन्द्रित भएकाले महेश धामीको कथाले कृषि क्षेत्रमा लगनशीलता र नवीन सोचको प्रोत्साहनजनक उदाहरणको रूपमा काम गर्दछ ।

 

चुनौतीको बाबजुद कृषिमा सङ्घर्ष गरिरहेका गुरेल्थुमका यी युवा किसान

Loading...