विद्यार्थीका ठुला नेताले नै अशुद्ध भाषामा विज्ञप्ति जारी गरेपछि नेता यादवको कटाक्ष

विद्यार्थीका ठुला नेताले नै अशुद्ध भाषामा विज्ञप्ति जारी गरेपछि नेता यादवको कटाक्षदेशका ठूला दलका विद्यार्थी संगठनहरुले आज चुनाव लक्षित कार्यक्रमको घोषणा सहित विज्ञप्ति निकालेका थिए । तर उक्त विज्ञप्तिमा त्रुटि नै त्रुटि देखिएको छ । सो विज्ञप्ति प्रति माओवादी केन्द्र निकटकै विद्रोही अखिल ( क्रान्तिकारी ) का केन्द्रीय प्रवक्ता उपदेश यादवले “संयुक्त विज्ञप्ति निकाल्ने विद्यार्थी संगठनहरुले, विज्ञप्तिको ढाँचा र अनुशासन कस्तो हुन्छ भनेर कोही एक विद्यार्थी सँग ट्युसन पढे हुन्छ” भनेर सामाजिक सञ्जाल मार्फत कटाक्ष गरेका छन् ।

ने.वि.संघ, अखिल (क्रान्तिकारी), अनेरास्वयू , लोकतान्त्रिक विद्यार्थी संघ, अखिल (छैठौं), समाजवादी विद्यार्थी युनियनले जारी गरेको विज्ञप्तिमा विज्ञप्तिको ढाँचा र अनुशासन पनि नमिलेको तथा शब्द र वाक्यपिच्छे नै त्रुटि रहेको यादवले औंल्याएका छन् । विद्यार्थी संगठनले पछिल्लो समय नामको मात्र विज्ञप्ति निकाल्ने गरेको गुनासो आइरहेको बेला गठबन्धन दलका विद्यार्थी संगठनहरुले यसरी विज्ञप्ति निकाल्दा लज्जाको कुरा देखिने यादव बताउँछन् । विभिन्न त्रुटिका साथ विज्ञप्तिमा हस्ताक्षर गर्ने ६ वटा संगठन देखिन्छ तर निर्णयको बुँदा नं १ मा पाँच मात्रै उल्लेख छ ।

त्रुटि पूर्ण विज्ञप्ति यस्तो छ ।
मितिः २०७२/०६/२८
संयुक्त विज्ञप्ति।
मंसिर ४ मा हुन गइरहेको प्रतिनिधि एवं प्रदेशसभा निर्वाचनमाका सन्दर्भमा मुलुकका पाँच प्रमुख बिध्यार्थी संगठनहरुको संयुक्त बैठक नेपाल विध्यार्थी संघको कार्यालय अनामनगरमा बस्यो । संबिधान कुल्चने, पटक पटक संसद बिघटन गर्ने र संघर्षबाट स्थापित उपलब्धी माथी खेलबाड गरि मुलुकलाई पछि फर्काउन चाहने स्वेच्छाचारी र प्रतिगामी शक्ति लाई मुलुकभरका निर्वाचन क्षेत्रबाट बिदा गर्ने योजना निर्माण गर्ने रणनिति अनुरूप गठन्धनमा सहभागी दल निकट विध्यार्थी संगठनका नेता कार्यकर्ताको व्यवस्थित र प्रभावकारी परिचालन गर्ने सम्बन्धमा विभिन्न निर्णयहरु भएका छन ।

नेपाल बिध्यार्थी संघको केन्द्रिय कार्यालय अनामनगरमा बसेको बैठकले मुलुकभरका हरेक निर्वाचन क्षेत्रमा एक बुथ २०० यूथ को निति बनाउँदै हरेक बुथमा २०० युवाहरुको अनिवार्य परिचालन गर्ने सहितका निम्न निर्णयहरु गरेको जानकारी गराउँदछौं । निर्णयहरु
१) पाँचवटै संगठनका अध्यक्ष संलग्न केन्द्रिय परिचालन समिति बनाउने ।

२) मुलुकभरका हरेक निर्वाचन क्षेत्रमा संघ र प्रदेश स्तरिय संयुक्त चुनाव परिचालन समिति निर्माण गर्ने ।

४) गठबन्धन आबद्ध विद्यार्थी संगठनका अध्यक्षहरुले अडियो, भिडियो मार्फत गठबन्धन का उम्मेदवारहरु बिजय गराउन सार्वजनिक अपिल गर्ने ।

३) चुनावी प्रतिश्पर्धामा रहेका दलको शिर्ष नेतृत्व तथा संयुक्त बिध्यार्थी संगठनका पूर्व बिध्यार्थी अध्यक्षका चुनावी क्षेत्रमा संगठनका अध्यक्षहरु उपस्थिति भएर निर्वाचन विशेष कार्यक्रम र संयुक्त संबोधन अपिल गर्ने ।

Loading...