काठमाडौं । काठमाडौंबाट पोखरा जाँदै गरेको यात्रुवाहक बस धादिङको गजुरीस्थित त्रिशूली नदीमा खसेको छ । गजुरी-२ चालिसे झरना भन्ने ठाउँमा बस खसेको धादिङ प्रहरी प्रमुख गौतम मिश्रले जानकारी दिए ।
‘भर्खरै खसेको भन्ने सूचना आएको छ । उद्धार कार्य भइरहेको छ’, उनले भने ।
गजुरी गाउँपालिका २ चालिसे भन्ने ठाउँबाट बस त्रिशुली नदीमा खस्दा अहिलेसम्म आठ जनाको शव निकालिएको वडाध्यक्ष द्राेण कँडेलले जानकारी दिए ।
उनका अनुसार २० जना घाइतेहरूलाई उद्धार गरेर अस्पताल लगिएको छ । ‘आठवटा शव निकाल्याैँ । २० जना जति घाइतेलाई अस्पताल पठायाैँ । पूरा विवरण एकछिनमा आऊला’, उनले भने, हामी उद्धारमै छाैँ ।’