छबिस पाथिभेरा -१ का बस्तीहरूमा फाइबर इन्टरनेट जडान गरिने

बझाङको छबिस पाथिभेरा गाउँपालिका -१ भित्रका विभिन्न बस्तीहरूमा अप्टीकल फाइबर इन्टरनेट विस्तार हुने भएको छ । स्मार्ट लिङ्क इन्टरनेट सर्भिसको संयुक्त सहकार्यमा नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय प्रसारण लाइन विस्तार भएको क्षेत्रमा फाइबर इन्टरनेट जडान गरिने वडा कार्यालयले सूचना मार्फत जानकारी दिएको छ ।

वडाध्यक्ष करनजंग बहादुर सिंहका अनुसार फाइवर इन्टरनेट जडानमा लाग्ने खर्च ५० प्रतिशत रकम उपभोक्ताले तिर्नुपर्ने छ भने वडा कार्यालयले आधा रकम व्यहोर्ने छ । साथै इन्टरनेट जडान गर्ने व्यक्ती, सङ्घसंस्था तथा उपभोक्ताले ३० दिन भित्र आवश्यक कागजात सहित सम्पर्क गर्न सकिने सूचनामा भनिएको छ ।

फाइबर इन्टरनेट जडानका लागी १ थान नेपाली नागरिकताको प्रतिलिपि, २ प्रति पासपोर्ट साइजको फोटो, जडान खर्च ६ हजार रुपैयाँ लाग्ने छ । पछिल्लो समय इन्टरनेट एकदमै लोकप्रिय हुँदै गएको र अहिले फाइबर इन्टरनेटको माग बढ्दै गइरहेको अवस्थामा आफ्नो वडालाई प्रविधिमैत्री बनाउनका लागि इन्टरनेट जडान गर्न लागिएको अध्यक्ष सिंहले बताए ।

उनले भने,“मेरो वडाका विभिन्न वस्तिहरू सञ्चारविहीन छन् । नागरिकले सही समयमा सत्य सूचना पाउन सकेका छैनन् । सामान्य फोन गर्नका लागी नेपाल टेलिकमको नेर्टवर्कले कहिलेकाहीँ काम गर्दैन । अहिलेको सूचना प्रविधिको युगमा इन्टरनेट पनि अपरिहार्य जस्तै छ । त्यसैले नागरिकलाई समयमै सुसूचित गराउन र सञ्चारको पहुँचबाट वञ्चित हुन नदिनका लागी हामीले स्मार्ट लिङ्क इन्टरनेट सर्भिससँग समन्वय गरेका छौँ ।”

 वडा कार्यालयले सार्वजनिक गरेको जानकारी सम्बन्धमा सूचना
Loading...