बझाङको छबिसपाथिभेरा -७ खोरीमा शुक्रबार जिप दुर्घटना भएको छ । बुडखोरीतर्फ जानलागेको जिप दुर्घटना हुँदा ५ जना घाइते भएका छन् ।
सुदूरपश्चिम प्रदेश ०१००१ज १२६६ नम्बरको जिप ब्रेक फेल हुँदा दुर्घटना भएको प्रहरीलाई उदृत गर्दै घटनास्थल बाट सहकर्मी सुनिल मण्डेलले जानकारी दिएका छन् ।
स्थानीय बिनोद धामीले चलाएको जिप दुर्घटना भएको जानकारी प्राप्त भएको छ ।
घाइते हुनेहरुमा छबिसपाथिभेरा-७ का स्थानीय रहेका छ्न् ।