स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा छविसपाथिभेरा पहिलाे, अन्तिममा बुंगल नगरपालिका

स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन अनुसार छविसपाथिभेरा गाउँपालिका पहिलो स्थानमा परेको छ । जिल्ला समन्वय समिति बझाङले सार्वजनिक गरेको स्वमूल्याङ्कन नजिता अनुसार ६७ अङ्क ल्याउँदै छविसपाथिभेरा गाउँपालिका पहिलो स्थानमा परेको हो ।

जिल्लाका १२ वटा स्थानीय तह मध्ये उच्च अङ्क प्राप्त गर्दै गाउँपालिका पहिलो स्थान ओगट्न सफल भएको छ ।

स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन कार्यविधि, २०७७ अनुसार स्थानीय तहको कार्यप्रकृया र उपलब्धिहरूको बारेमा लेखाजोखा गरी सबल र दुर्बल पक्षहरूको पहिचान गर्न, विकास तथा सुशासनमा रहेका कमी कमजोरीहरूको जानकारी लिन, आवधिक समीक्षाको लागि आधार प्राप्त गर्न र गाउँपालिका तथा नगरपालिकाहरूको बिचमा तुलनायोग्य सूचकहरू तर्जुमा गरी प्रतिस्पर्धात्मक सुधारमा अग्रसर गराई स्थानीय तहलाई सक्षम प्रभावकारी बनाउने प्रयोजनको लागि सो मूल्याङ्कन गरिन्छ ।

सार्वजनिक नतिजा अनुसार पहिलो स्थानमा ६७ अङ्कसहित छविसपाथिभेरा रहेको छ भने ४६ अङ्कसहित अन्तिम स्थानमा वुंगल नगरपालिका रहेको छ ।

जिल्लाका स्थानीय तहहरू प्राप्ताङ्कसहित
छविसपाथिभेरा गाउँपालिका ६७ अङ्क
केदारस्यु गाउँपालिका ६५ अङ्क
थलारा गाउँपालिका ६४.२५ अङ्क
जयपृथ्वी नगरपालिका ६३.२५ अङ्क
तलकोट गाउँपालिका ६०. ७५ अङ्क
बित्थडचिर गाउँपालिका ६०.२५ अङ्क
खप्तडछान्ना गाउँपालिका ५८.७५ अङ्क
सुर्मा गाउँपालिका ५६.७५ अङ्क
मष्टा गाउँपालिका ५४ अङ्क
दुर्गाथली गाउँपालिका ५३ अङ्क
साईपाल गाउँपालिका ५१.७५ अङ्क
बुंगल नगरपालिका ४६.५ अङ्क

Loading...